nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरमा बजार अनुगमन, मिति सकिएका सामान नै बढि
बजार अनुगमनलाई निरन्तरता दिने–थाहा नगरपालिका

Anugaman-1-1475631058.jpg

थाहा नगरपालिकाको संयोजनमा मकवानपुरको उत्तरी क्षेत्रको थाहानगरमा बजार अनुगमन गरिएको छ । नगरपालिकाकाले आफ्नो नियमित कार्यक्रम अन्तर्गत जिल्ला प्रशासन कार्यालय मकवानपुर र घरेलु तथा साना उद्योग कार्यालय हेटौंडाको समन्वयमा संयूक्त अनुगमन समितिले बजार अनुगमन गरेको हो । चाडबाडको समयमा अखाद्य बस्तुको विक्री वितरणबाट उपभोक्ताको स्वास्थ्य पर्ने असरलाई न्यूनीकरणका लागि अनुगमन गरिएको हो । अनुगमनमा थाहा नगरपालिकाका कार्यकारी अधिकृत भिम परियार, प्रशासन प्रमुख अनिल लामिछाने, जिल्ला प्रशासन कार्यालय मकवानपुरका नायब सुब्बा मदन कुमार श्रेष्ठ, घरेलु तथा साना उद्योग कार्यालय हेटौंडाका प्रमुख पुस्कर भट्टराइ, क्षेत्रिय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडका खाद्य निरीक्षक केदार पौडेल, जिल्ला पशुसेवा कार्यालय मकवानपुरका राघवेन्द्र मिश्र, थाहानगर उद्योग वाणिज्य संघका सदस्य सुजन रायमाझी, राष्ट्रिय उपभोक्ता मञ्चका महेश अग्रवाल, उपभोक्ता हित मञ्चका अजय अधिकारी, उपभोक्ता हित संरक्षण मञ्चका बासु खतिवडा, ईलाका प्रहरी कार्यलय पालुङका विषय शाह र शोवित पास्वान, विकास खबरका रामकुमार कार्की, पत्रकार जनक लामालगायतको टोलीले अखाद्य बस्तु नष्ट गरेको छ । लगायतको सहभागिता रहेको थियो । 


अनुगमनका क्रममा म्याद गुज्रिएको पिय पदार्थ, तयारी खाद्यन्न, तेल र रङ सबैभन्दा बढि वरामद गरिएको अनुगमन समितिले जनाएको छ । अनुगमनको क्रममा पसलमा बस्तुको मुल्य सूची नराखिएको, सडक किनारमा अव्यवस्थित ठेला पसल राखिएको, पसल दर्ता नगरी संचालन गरिएको लगायतका सवाल सुधार्न अनुगमन टोलीले सुझाव दिएको छ । अनुगमन टोलीले सचेतनाको कार्यक्रम संचालन गर्न, पसलमा मूल्य सूची, म्याद हेरेर मात्र सामान खरिद विक्रि गर्न सुझाव दिएकाछन् । टोलीले मासु पसलहरुलाई सरसफाईमा ध्यान दिन सचेत गराएको छ । अनुगमनको क्रममा बरामद गरिएका सामाग्री थाहानगरको इनद्रायणी चौरमा नष्ट गरिएको छ ।

 
प्रथमतः डिलरबाट पसलहरुमा सामान जाँदा नै मिति हेरेर पठाउन सके म्याद गुज्रिएको सामाग्री बजारमा नपुग्ने थाहा नगरपालिकाका कार्यकारी अधिकृत परियारले बताए । बजार अनुगमनबाट ठूला व्यापारी भन्दा पनि साना व्यापारीहरु मर्कामा परेकोले जफत गरिएका सामाग्रीहरुको क्षतिपूर्ति सम्बन्धीत डिलरबाट भराउन सहयोग गरिने थाहानगर उद्योग वाणिज्य संघका कोषाध्यक्ष शिवकुमार खत्रीले प्रतिक्रिया दिए । बजार अनुगमनलाई निरन्तर रुपमा कार्यान्वयन गरिने थाहा नगरपालिकाले जनाएको छ ।

व्यवशाय दर्तामा समेत व्यवशायीहरु सहभागी नभएकोले व्यवशायिक सचेतना, उपभोक्ता जागरणका कार्यक्रमहरु पनि संचालन गरिने कार्यकारी अधिकृत परियारले बताए । 

म्याद गुज्रिएका पेय पदार्थ तथा तयारी खानेकुरा खाएमा आउँ पर्ने, पेट दुख्ने वाकवाकी लाग्ने, बान्ता हुनेलगायत पेटमा गम्भीर किसिमको रोग समेत लाग्ने प्राथमिक स्वास्थ्य केन्द्र पालुङका डाक्टर रिनेश अधिकारीले सुझाए । उनले म्याद, सरसफाईको अवस्था हेरेर मात्र खरिद गरी उपभोग गर्नका लागि सुझाव दिएकाछन् ।