Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरमा बजार अनुगमन, स्वास्थ्यप्रति सचेत हुन आग्रह

Anugaman-1586411333.jpg

थाहा नगरपालिकाको वडा नम्बर १, ३ र ४ मा रहेका खाद्यन्न तथा तरकारी पसलहरुकको अनुगमन गरिएको छ । 

थाहानगर प्रमुख लवशेर विष्ट, उपप्रमुख खड्ग गोपालीसहितको टोलीले बजार अनुगमन गरिएको हो ।  अनुगमनको क्रममा मूल्य सूचीको अवस्था, खरिदकर्ता र बिक्रेता बीचको भौतिक दुरीलगायतको विषयमा अनुगमन गरिएको छ । सो क्रममा कोरोना भाइरस विरुद्ध सबै एकजुट भएर रोकथाम र नियन्त्रणको उपाय अपनाउन व्यवशायीहरुलाई नगर प्रमुख विष्टले आग्रह गरे । 

अनुगमन टोलीमा थाहा नगरपालिका प्रशासन महाशाखा प्रमुख अजित घिमिरे, योजना महाशाखा प्रमुख विवेक विडारी, सामाजिक विकास शाखा प्रमुख अनिल लामिछानेलगायकाको सहभागिता रहेको थियो । 
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०