nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरमा फेरी वर्षा, सतर्क हुन नगरबासीलाई आग्रह

थाहानगरमा वर्षा शुरुभएसंगै नागरिकहरुलाई सतर्क हुन नगरपालिकाले अनुरोध गरेको छ । पानीका कारण विपद् परीहाले नगरपालिकाले सक्दो सहयोग गर्ने नगर प्रमुख लवशेर विष्टले बताएका छन् । 

गएको २७ देखि ३० असारसम्म परेको पानीको कारण ठूलो क्षति बेहोरेको थाहा नगरबासीहरुलाई संभावित बाढीपहिरोबाट सचेत हुन नगरपालिकाले आग्रह गरेको हो । नगरपालिकाले टोल गाउँको पहिरो जोखिम नहुने ठाउँलाई आश्रय स्थल बनाउन सकिने जनाएको छ । गएको ३० असारको पहिरोका कारण थाहा–८ का एक परिवार छिमेकीको घरमा आश्रय लिएर बसिरहेको वडा अध्यक्ष टिकाराम रुम्बाले जानकारी दिए । फेरी पानी थपिदै गए वडाको २५ परिवार विस्थापित हुने अवस्थामा रहेको बताए ।

थाहा नगरपालिकामा ३ सय भन्दा बढि घर बाढी पहिरोको जोखिममा रहेको वडा अध्यक्षहरुले बताएका छन् । थाहा नगरपालिका क्षेत्रमा विहानबाट पानी परिरहेको छ ।