Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरमा पर्यटकलाई स्वागत

थाहा नगरपालिकामा आएका पर्यटकहरुलाई यहाँका संघसंस्थाहरुले स्वागत गरेका छन् । पर्यटन वर्ष २०२० को अवसरमा पालुङ जेसीज वर्ष २०२० का अध्यक्ष मनोज रायमाझीसहितका पदाअधिकारीहरुले पर्यटकहरुलाई दामन सिमभन्ज्याङमा स्वागत गरेका हुन् । 

केटिमएम रेडि टु रेस नेपालबाट दामन सिमभन्ज्याङ आएका पर्यटकहरुलाई पालुङ जेसीजले नयाँगाउँमा रहेको पाइनस होटलमा चियापान कार्यक्रम सहित खादा लगाएर स्वागत गरिएको हो । पालुङ जेसीजका अध्यक्ष मनोज रायमाझीसहित पदाअधिकारी तथा पूर्व अध्यक्षहरुको सहभागितामा पर्यटकहरुलाई स्वागत  गरेको हो । 

ललितपुरको पुल्चोकबाट बाइक ¥यालीसहित घुम्न आएका पर्यटकहरुलाई सिमभन्ज्याङमा बजार व्यवस्थापन समितिले पनि स्वागत गरिएको हिमशिखर होटलका संचालक च्याङ श्रेष्ठले जानकारी दिए । भ्रमण टोलीका प्रतिनिधिहरुलाई सिमभन्ज्याङ बजार व्यवस्थापन समितिका अध्यक्ष अमित पाख्रिनले खादा लगाएर स्वागत गरेका थिए । होटल व्यवशायी तथा संघसंस्थाको स्वागतले यस ठाउँमा पर्यटकलाई घुम्न आउनको लागि प्रोत्साहन मिलेको भ्रमण टोलीका सुलभ जोशीले प्रतिक्रिया दिए ।