DO-1618544727.jpg
Sunday, 18th April, 2021
वि.स.

थाहानगरमा देखियो अनौठो सर्प

मकवानपुर थाहानगरमा अनौठो सर्प देखा परेको छ । स्थानीय क्षेत्रमा कहिल्यै नदेखिएको सर्प थाहा नगरपालिका वडा नम्बर ८ स्वास्थ्यचोकमा देखा परेको हो । 

दोस्रो पटक देखा परेको सर्प तराइ क्षेत्रमा पाइने जस्तो देखिएको छ । स्थानीयहरुले विशालु सर्प भनेकाछन् भने केहीले नाग भनेर मार्न नहुने प्रतिक्रिया दिएकाछन् । सर्प देखापरेपछि स्थानीयहरु हेर्न भिड लागेको थियो ।

यद्यपी किसानहरुले वर्षेनी तराइबाट पराल लायाउने भएकोले उत्तैबाट परालमा गुटमुटिएर गाडी आएको सर्प हुन सक्ने अनुमान गरिएको छ ।


तस्वीरहरु: केशव लामा/थाहानगर