Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरमा थालियो 'टिष्टुङ' महोत्सवको तयारी

थाहा नगरमा सञ्चालित महोत्सवका अघिल्ला श्रृंखलाहरु भन्दा यसपटक ऐतिहासिक टिस्टुङ अर्थात् हालको बज्रवाराहीमा फरक र मौलिक ढंगको महोत्सब आयोजना हुँदैछ । यसलाई आयोजकले टिस्टुङ सडक महोत्सवको नाम दिएको छ । बज्रवाराही बजार व्यवस्थापन समिति र न्हुः दँ मूल समारोह समितिले संयुक्त रुपमा महोत्सवको आयोजना गर्न लागेको छ । आगामी असोज २४ देखि २७ गतेसम्म ४ दिनका लागि सडक महोत्सवको मिति तय गरिएको मूल आयोजक समारोह समितिका संयोजक इन्द्रबहादुर श्रेष्ठले बताए । 

आयोजकले महोत्सवको नारा ‘ऐतिहासिक टिस्टुङ हाम्रो पहिचान, समृद्ध टिस्टुङ हाम्रो अभियान’ भन्ने नारा तय गरेको छ । हाल ५१ सदस्यीय मूल समारोह समिति गठन गरेर अघि बढेको आयोजकले बताएको छ । महोत्सवका लागि स्थानीय व्यवसायीहरु, राजनीतिक दल, वडा समिति लगायत सरोकारवालाहरुसँग छलफल गर्नुका साथै नगर कार्यपालिकासँग महोत्ुव गर्ने विषयमा स्वीकृति लिइसकेको संयोजक श्रेष्ठले बताए । समितिले टिष्टुङ महोत्सवलाई २०७५÷०७६ को कार्यक्रममा

महोत्सव शुरु हुन करिव अढाइ महनिा बाँकी हुँदा मूल समारोह समितिअन्तर्गत उपसमितिहरु गठन भइसकेको छैन । हाललाई साँस्कृतिक उपसमितिअन्तर्गत ३ वटा टिम बनाइएको आयोजकले बतायो । आयोजक समितिका संयोजक श्रेष्ठका अनुसार ईश्वरलाल रुम्बाको संयोजकत्वमा झाँकी व्यवस्थापन, मुक्तिनाथ उप्रेतीको संयोजकत्वमा गायन र रामकाजी महर्जनको संयोजकत्वमा नृत्य उपसमिति बनाइएको छ । यस वर्षबाट शुरु गरिएको टिस्टुङ सडक महोत्सवलाई हरेक वर्ष निरन्तरता दिने गरी पहल गरिने बताइएको छ । नेपाल सम्वत्अनुसार नयाँ वर्षलाई स्वागत तथा शुभकामना आदनाप्रदान गर्ने पर्व बनाउन पनि यसलाई नेपाल सम्वत्को नजिक मनाउने गरी निरन्तरता दिने आयोजकले सोच बनाएको छ । 

यसलाई न्हुः दँ महोत्सवको रुपमा मान्यता दिई नगरपालिकाको वार्षिक क्यालेण्डरमै समावेश गर्न नगर कार्यपालिकासँग अनुरोध गर्ने तयारीसमेत गरिएको छ ।राष्ट्रिय विभूति शंखधर साख्वाको योगदानलाई कदर गर्दै   शुरु गरिएको नेपाल सम्वत्ले संसदबाट राष्ट्रिय मान्यता पाइसकेको छ । नेपाल सम्वत् अनुसार नयाँ वर्षको अवसरमा २०५४ सालदेखि टिस्टुङ बज्रवाराहीमा न्हुँः दँ भिन्तुना अर्थात् नयाँ वर्षको शुभकामना कार्यक्रम आयोजना गरिँदै आएको छ । 

आयोजकले दिएको जानकारी अनुसार टिस्टुङको सडक महोत्सव विशेष हुनेछ । बज्रवाराहीस्थित सरस्वति बजारमै आयोजना गरिने महोत्सवमा अन्य महोत्सवमा जस्तो राष्ट्रिय भनिने अन्य सथनका कलाकारहरु आउने छैनन् । ‘स्थानीय नै राष्ट्रिय कलाकार हुन्, उनीहरु हाम्रो प्राथमिकता हो ।’ संयोजक श्रेष्ठले भने ।   श्रेष्ठका अनुसार महोत्सवमा सरस्वति बजार पुरै सजाइनेछ । स्थानीय व्यवसायीहरुले आआफ्नो पसल विशेष सजाउने छन् र सामानहरु प्रदर्शन तथा विक्री गर्ने छन् ।यसको अतिरिक्त स्टलहरुमा थाहा नगरमा उत्पादन भएका कृषि उपजहरुको प्रदर्शन तथा विक्री गर्नुका साथै थाहा नगरम रहेको इट्टा, पाइप, कपास, कपडा जता उद्योगका उद्यत्पादनहरुलाई प्रदर्शन तथा विक्री गरिनेछ । थाहा नगरमा रहेका सहकारी , बैंक, वित्तीय संस्था तथा अन्य निजी, सरकारी तथा गैरसरकारी संस्थाहरुको प्रवर्धन कक्षहरु पनि महोत्सवमा राखिनेछ । थाहा नगरका नागरिकलाई आवश्यक पर्ने तर स्थानीय क्षेत्रमा सहजै प्राप्त गर्न नसकिने सामानहरुको लागि मात्र नगर बाहिरबाट आह्वान गरिने आयोजकले योजना बनाएको छ । ‘हामीले थाहा नगरमा पर्यटक र पैसा भित्र्याउने हो, त्यसैले यहीँ पाउने सामानको लागि बाहिरका व्यापारीहरुलाई स्टल विक्री गरिने छैन,’ संयोजक श्रेष्ठले स्पष्ट पारे । उनले थपे, हामीले नगर बाहिरका सकेसम्म धेरै मानिसहरु भित्र्याउने हो ताकि उनीहरुले सके केही किनेर नगरमै पैसा छोडेर जाउन्, नसके आँखाभरि थाहा नगरको तस्विर लिएर फर्कुन् ।’ 

टिस्टुङ सडक महोत्सव असोज २७  गते सकिने भए पनि यसको औपचारिक समापन भने कार्तिक २२ गते मात्र हुने छ । ‘२७ गते पछि पनि बजारको सजावट उस्तै रहनेछ, स्टल मात्र हुने छैन’ श्रेष्ठको भनाइ छ । महोत्सवको सम्पूर्ण हिसाव पनि कार्तिक २२ गते नै सार्वजनिक गरिने आयोजकले जनाएको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)