nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 15th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरमा तोकियो अटोको भाडादर  ( हेर्नुहोस् भाडा दर ) 
अब त यात्रु ठगिदैनन् कि ? 

ca-t-ofq-page-001-1543913548.jpg

मकवानपुर थाहा नगरपालिकामा क्षेत्रमा संचालन हुने अटोमा चढ्दा अब यात्रु नठगिने भएकाछन् । यसअघि अटोको भाडा दरमा एकरुपता नहुँदा यात्रुहरु ठगिएको जनगुनासो बढेपछि नगरपालिकाको पहलमा  भाडादर  एकरुपता कायम गरिएको हो ।  १४ मंसिरमा थाहा नगरपालिकामा बसेको अटो संचालक तथा चालक, इलाका प्रहरी कार्यालय पालुङ तथा नगरपालिकाका जनप्रतिनीधिहरुको बैठकले अटोको एकातर्फी भाडा दर कायम गरेको हो । नगरपालिकाले भाडा दर तोकि दिएकोमा यात्रुहरुले खुशी व्यक्त गरेका छन् । अटोको भाडादर तोकेपछि पालुङका रामशरण तामाङले खुशी व्यक्त गरे । उनले पहिले–पहिले थाहानगरको शिखरकोट आउँदा–जाँदाको भाडा दर सम्झँदै भने–‘कोहीले चित्त बुझ्दो दरमै लग्दिन्थ्यो कतिपयले गलफत्ती गरेर भए पनि उस्ले भन्या दर दिर्नै पथ्र्यो, अब यो समस्या टरेछ, नगरपालिकालाई धन्यवाद ।’ यात्रुलाई गन्तव्यसम्म पुग्नका लागि तीन पाङ्ग्रे अटोले सुविधा दिएको भएपनि भाडामा एकरुपता नहुँदा यात्रुहरुले चित्त दुखाउने गरेका थिए । थाहानगरमा संचालित अटोले यात्रुहरुबाट मनलाग्दी भाडा लिएको गुनासो आएपछि विकास खबरपत्रिका साप्ताहिकले समाचार प्रकाशन गरेपछि यो विषयले व्यापकता पाएको थियो । पटक पटक निरन्तर समाचार प्रकाशन गर्दा पनि अटोको भाडा तोक्ने निर्णय कार्यान्वयन गर्न गराउन  न त नगरपालिका सफल भएको थियो न त अटो व्यवसायी नै तयार थिए ।  विकास खबरपत्रिकाले २०७४ माघ ८ गते सोमबारको अंकमा अटोको दादागिरी, भाडामा मनपरी’ शीर्षकमा मुख्य समाचार बनाएर प्रकाशन गरेको थियो । पत्रिकामा समाचार प्रकाशन भएपछि थाहानगर कार्यपालिका बैठकमा यो विषयले प्रवेश पाएको थियो । स्थानीय सरकारको मन्त्रीपरिषद् बैठक भनेर चिनिने कार्यपालिका बैठकमा अटोको भाडादरको विषयमा व्यापक छलफल भयो, अटो व्यवशायीसंग पटक पटक वार्ता भयो । फलस्वरुप अन्ततः १४ मंसिरको त्रिपक्षिय बैठकले भाडादर कायम भएको छ । थाहा नगरपालिकाको कार्यपालिका बैठकबाटै उपमेयर खड्ग गोपालीको संयोजकत्वमा अटोको भाडादर तथा रुटलगायतको विषयलाई व्यवस्थापन गर्नको लागि समिति गठन गरिएको थियो । गोपालीको अध्यक्षतामा बसेको त्रिपक्षिय बैठकले भाडा दर कायम गरेको हो । समितिमा राजेश केसी, कविता कार्की र इलाका प्रहरी कार्यालयका प्रतिनीधि सदस्य रहेका थिए । समितिले भाडादर कायम गर्नको लागि नगरका १२ वटै वडाहरुबाट वडा समितिसंग अनुमानित भाडादर र रुट माग गरेको थियो । समितिको बैठकले उक्त भाडादर र रुटको बारेमा छलफलपछि त्रिपक्षिय बैठकमा छलफल भएको हो । नगरपालिकाले अटोको भाडा स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ११ को उपदफा २ (क) (ङ) उपदफा ४ (ट) बमोजिम तोकिएको समितिका संयोजक एवं उपप्रमुख खड्ग गोपालीले जानकारी दिए । उक्त दफामा स्थानीय तहमा संचालन हुने अटो, रिक्सा तथा तिनपाङ्ग्रे सवारी साधनको भाडा दर र रुट तोक्न सक्ने अधिकार दिइएको छ । तोकिएको भाडादर अनुसार थाहा नगरपालिकामा रुटको २० रुपियाँदेखि एक हजार पाँचसय रुपियाँसम्म तोकिएको छ । भाडादर कायम गर्दा थाहानगरको शिखरकोटलाई केन्द्र मानिएको छ । भाडादर अनुसार सबैभन्दा कम शिखरकोटबाट थानाबजार रुटको बीस रुपियाँ र सबैभन्दा बढि शिखरकोटबाट टिष्टुङको जगडाँडासम्मको एकहजार पाँचसय रुपियाँ तोकिएको छ । सहमती अनुसार अटोको रुट र भाडादर कार्यान्वयन गर्ने थाहानगर अटो संचालक समितिका सचिव नरेश कार्कीले प्रतिक्रिया दिए । नगरपालिकामा भएको सहमती अनुसार तोकिएको भाडा तिनजना यात्रुको एकातर्फी मात्रको भाडा दर हो । अटोमा क्षमता भन्दा बढि यात्रु बोक्न नपाइने पनि सहमती भएको छ । थाहानगरमा संचालन हुने अटोको क्षमता तीनजनाको रहेको छ । त्यस्तै भाडादरको विवरण प्रत्येक सवारी साधनमा सबैले देख्ने गरी अनिर्वाय राख्नूपर्ने पनि सहमती भएको छ भने सवारी चालक अनुमतिपत्र र बिलबुक अनिवार्य बोक्नुपर्ने सहमती छ । नगरमा अटोको भाडा तथा रुट तोकिएको भएपनि बैज्ञानिक नभएको प्रतिक्रिया यात्रुहरुको छ । उनीहरुले रिजर्भ र छोटा दुरीहरु र लगेजको विषयमा निर्णय हुन नसक्नु दुर्भाग्य भएको बताएका छन् ।

 हेर्नुहोस् भाडा दर 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)







Makai-bali-prabardhan-1706086965.jpg
bali-bima-ko-suchana-1701933793.jpg
1000043372-1706361050.jpg