nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरमा गोरख संवत् २८१० मनाइयो

गोरख संवत् २८१० शुरु भएको अवसरमा थाहानगरको डाँडागाउँमा रहेको गोरखनाथ मन्दिरमा धार्मिक कार्यक्रम भएको छ । नयाँ संवत् शुरु भएको अवसरमा पुजा तथा भजन किर्तन पनि भएको थियो । 

मन्दिरमा भएको पुजा कार्यक्रममा गोरखनाथ मन्दिर निर्माण समितिका सदस्यहरु, गोरखनाथ मन्दिर संरक्षण युवा क्लबका सदस्यहरु र स्थानिय धर्मावलम्बीहरुको उपस्थिती रहेको थियो । गोरखनाथ परिवारको आयोजनामा कार्यक्रम गरिएको हो । 

पहिलेको वर्ष झैं यस वर्ष पनि नयाँ वर्ष मनाईएको र यस कार्यक्रमलाई आगामी वर्षमा पनि निरन्तरता दिइने गोरखनाथ मन्दिर संरक्षण युवा क्लबका अध्यक्ष गणेश विष्टले जानकारी दिए । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)