Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरमा कोरोना संक्रमित ५३ जना थपिए, एकको मृत्यु

corona-Update-1621697570.jpg
  • सुरेन्द्रमान प्रधान/थाहानगर

थाहानगरमा ८ जेठमा ५३ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । तीमध्ये आइसोलेशन बसिरहेका धेरै जनासमेतको गरि ३४ जनाको पिसिआर पोजेटिभ छ भने १९ जनाको एन्टिजेन रिपोर्ट पोजेटिभ आएको डा. रिकेश कार्कीले बताए ।

८ जेठमा बज्रबाराही स्वास्थ्य केन्द्रमा ६ नम्बर वडाका १५ जनाको एन्टिजेन परिक्षण गरिएकोमा १३ जना संक्रमित भएको पाइएको छ । सोमध्ये आइसोलेसनमा रहेका एक जना पुरुष हेल्थ असिस्टेन्ट समेत संक्रमित भएका छन् ।  यसैगरी, प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा गरिएको एन्टिजेन परिक्षणबाट वडा नम्बर २ का २, ३ का १ र ४ का ३ जना संक्रमित थपिएका छन् । पिसिआर परिक्षणमा निको हुनेको संख्या पनि रहेपनि एकिन संख्या निस्किसकेको छैन ।

यसैबीच, थाहानगरका एक जनाको ८ जेठमा कोरोना संक्रमणबाट मृत्यु भएको छ । शिखरकोटमा किराना व्यवसाय गर्दै आएका करिव ५२ वर्षिय पुरुष गत बैशाख २९ गते गरेको एन्टिजेन परिक्षणबाट कोरोना संक्रमित भएको देखिएको थियो । संक्रमित बिरामी भोलिपल्टदेखि नै हेटौंडास्थित आफ्नै घरमा आइसोलेसनमा बसेका थिए । उनी लामो समयदेखि उच्छ रक्तचाप र मधुमेह रोगबाट समेत पीडित रहेको पारिवारिक स्रोतले बताएको छ । दोस्रो भेरियन्ट पछि मात्र ३ जना कोरोना संक्रमितको मृत्यु भैसकेको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०