Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरमा आफ्नै भवनबाट वडाको कामकाज सुरु

मकवानपुर थाहा नगरपालिका ५ नम्बर वडा कार्यालयले आफ्नै भवनबाट कार्य सम्पादन सुरु गरेको छ । स्थानीय सरकार गठनसंगै वडा कार्यालय विस्तारको क्रममा ५ नम्बर वडा कार्यालयको निर्माण कार्य सम्पन्न भएको छ । वडा कार्यालयको १० पौषमा एक समारोहकाबीच नगर प्रमुख लवशेर विष्टले उद्घाटन गरेका हुन् । 

थाहा नगरपालिका वडा नंम्बर ५ का वडा अध्यक्ष विष्णु बहादुर गुरुङको सभाध्यक्षतामा भएको भवन उद्घाटन कार्यक्रममा नगर उपप्रमुख खड्ग गोपाली, प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी, नेकपाका नेता विष्णु विष्ट, वडा नं. १ का वडा अध्यक्ष हेरमान गोपाली, ११ का किरणमान बल, र १२ नम्बर वडा अध्यक्ष मान बहादुर स्याङ्तानलगायतकाको आतिथ्यता  रहेको थियो । दुईकोठा र एक वटा हल सहितको वडा कार्यालय भवन १५ लाख ८१ हजार ७ सय ६५ रुपियाँको लागतमा निर्माण गरिएको हो । 

वडा कार्यालय भवनको रिबन काटेर उद्घाटन गर्दै नगर प्रमुख लवशेर विष्ट । फोटो: विकासखबर

कार्यक्रमको अवसरमा कार्यक्रमका प्रमुख अतिथी तथा नगर प्रमुख विष्टले सबैको सहयोगमा वडा कार्यालय निर्माण सकि कार्य संचालन भएकोमा सबैलाई धन्यवाद दिए । प्रमुख विष्टले विकास नगर प्रमुख, वडा अध्यक्ष र प्रतिनीधिले मात्र नभई सम्पूर्ण नागरिक जिम्मेवार भएर लागि परे सहजै संभव भएको बताए । उनले हरेक पल महत्वपूर्ण हुने बताउँदै समय खेर नफाली सम्वृद्ध थाहानगर बनाउन एकजुट हुनु पर्ने बताए । 

वडा सचिव गुण बहादुर केसीले संचालन गरेको कार्यक्रममा वडा सदस्य चमेली वाइवाले अतिथीहरुलाई स्वागत गरेकी थिइन् । कार्यक्रममा वडा सदस्यहरु, स्थानीय संघसंस्थाका प्रमुख, थाहा नगरपालिकाका कर्मचारीहरुलगायतको उपस्थिती रहेको थियो ।