nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरमा आधा दर्जन रष्ट्रिक स्टोर अझै अधुरो

Rastik-Palung-1476531679.jpg

मकवानपुर थाहानगरमा मात्रै छ वटा रष्ट्रिक स्टोर अझै अधुरै छन् । बिउ तरकारी भण्डारणमा ठुलो समस्या व्यहोरदै आएको थाहाको दामन, पालुङ बज्रवाराही क्षेत्रमा सरकारी र सामुदायीक लगानीमा निर्माण भएका ६ वटा रष्ट्रिक स्टोर अधुरै रहेको कृषि सेवा केन्द्र दामनले जनाएको छ ।
न्युनतम २५ हजारदेखि माथिको लगानीमा निर्माण थालिएको भएपनि बिचमै बिभिन्न कारणले निर्माण सम्पन्न नहुँदा किसानले मार खेप्दै आएको कृषि सेवा केन्द्र दामनका प्रमुख बिजयचन्द्र झाले बताए । बिउका लागि आवश्यक रहेको आलु लगाएतका उत्पादन सुरक्षित राख्नका लागि जिल्ला कृषि बिकास कार्यालयको सहयोगमा निर्माण भइरहेका २५ देखि ५ मेट्रिकटनका ६ वटा रष्ट्रिक हाउस निर्माण सम्पन्न नहुँदै अलपत्र भएको प्रमुख झाले जानकारी दिए । आफ्नै क्षेत्रमा निर्माण भएका ठुला साना रष्ट्रिक हाउसको सुरक्षा र समयमा उपयुक्त ढंगबाट सञ्चालन गर्न नसक्दा उनिहरुले समस्या ब्यहोरेको उनले बताए । सेवा केन्द्रका प्रमुख झाका अनुसार थाहानगरपालिका ३ पालुङ र ६ दम्कीमा २५/२५ मेट्रिक टन क्षमताको रष्ट्रिक स्टोरले अझै पूर्णता पाउन सकेको छैन । 
त्यस्तै थाहानगर ५ फेदीगाउँ, देउराली, भेटखोरीया १२ गोपाली गाउँमा ५/५ मेट्रिक टन क्षमताको रष्ट्रिक हाउस निर्माणमा पूर्णता छैन । निर्माणको क्रममा अलपत्र रहेका रष्ट्रिक हाउसमा सुरक्षित भण्डारणका लागि आवश्यक पुर्वाधार नभएको पाइएको बताइएको छ । ६ वटा रष्ट्रिक स्टोर निर्माणको क्रममा अलपत्र हँुदा सरकारी लगानी खेर गएको छ । निर्माणको क्रममा अलपत्र रहेका सबै रष्ट्रिक स्टोरमा ¥याक निर्माण हुन नसक्दा भण्डारणका लागि असहज भएको सेवा केन्द्रले जनाएको छ । केन्द्रका अनुसार उत्तरी क्षेत्रमा अहिले पनि १० वटा रष्ट्रिक स्टोर सञ्चालनमा रहेका छन् ।
अहिले ५ मेट्रिकटनको ३ वटा, १० मेट्रिकटनको २ वटा, ३० मेट्रिकटनको ४ वटा र ४० मेट्रकटनको रहेपनि सुरक्षित भण्डारणका लागि ठाउँको अभाब रहेको छ । किसानले प्रत्यक सिजनका लागि ६० मेट्रिकटन सम्म बिउ आलु सुरक्षित भण्डारणका लागि बाहिर पठाउँने गरेका छन् ।
उत्तरी क्षेत्रमा बिशेषत आलुको उत्पादन अधिक मात्रामा हुने गरेको छ । अहिले सम्म १ केजी बिउँ आलुबाट १८ किलोग्राम सम्म उत्पादन भएको तथ्याङक रहेको केन्द्रले जनाएको छ ।