nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहामा प्याराग्लाइडिङको परीक्षण उडान

Chitlang-p-1546060617.jpg

पर्यटकीय नगरी थाहामा प्यारग्लाइडिङको परीक्षण उडान सफल भएको छ । मकवानपुर थाहा नगरपालिका वडा नं. १० विसिङ्खेलमा रहेको आइतबारे चौरबाट गरिएको उडान सफल भएको प्याराग्लाडिङक प्रवद्र्धक तथा पर्यटन व्यवशायी बैकुण्ठ थापाले जानकारी दिए । विसिङ्खेलमा पाइलट सागर क्षेत्रीले प्याराग्लाइडिङ उडाएका थिए । 

विसिङ्खेलमा प्यारग्लाइडिङको परीक्षण उडानमा पाइलट सागर क्षेत्री र साथमा पर्यटन व्यवशायी बैकुण्ठ थापा ।

थाहा नगरपालिका वडा नं. १० का थापा काठमाण्डौंमा बसेर पर्यटन प्रवद्र्धनको क्षेत्रमा क्रियाशील रहेका छन् । थापाके नेतृत्वमा विसिङ्खेलमा प्याराग्लाडिङ परीक्षण उडान गरिएको हो । परीक्षण उडानका क्रममा युक्रेनका पर्यटन व्यवशायी आन्द्रे सहित १० नम्बर वडा अध्यक्ष हिरा बहादुर गमाल, सदस्य रामकृष्ण गमाल तथा स्थानीयहरुकाहे उपस्थिती रहेको थियो । 

विसिङ्खेलमा प्यारग्लाइडिङको परीक्षण उडानमा पाइलट सागर क्षेत्री र साथमा पर्यटन व्यवशायी बैकुण्ठ थापा ।

पर्यक्षण उडानपछि काठमाण्डौंबाट नजिकै रहेको विसिङखेलमा व्यवशायिक रुपमै प्याराग्लाइडिङ उडाउन सकिने थापाले जानकारी दिए । यसका लागि पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय मार्फत प्रक्रिया थालिने प्रतिक्रिया दिए । प्याराग्लाइडिङको सफल परीक्षणसंगै मकवानपुरको पर्यटकीय क्षेत्र, आग्रा, टिष्टुङ, दामन, पालुङ, बज्रवाराही जस्तै चित्लाङको विसिङ्खेल पनि पर्यटकीय क्षेत्रको रुपमा रहेको परिचय सार्वजनिक भएको उनले बताए । 

यसैबीच थाहा नगरपालिकाकाको वडा नं. २ कुटीप्वाकलबाट पनि यसअघि प्याराग्लाइडिङ गर्न सकिने प्रारम्भिक प्रतिवेदन सार्वजनिक भैसकेको छ । 

हेर्नुहोस् भिडियो ।



https://thahatimes.com/public/images/users/ganes-1555945362.jpg

गणेश विष्ट

ganeshbista955@gmail.com

विष्ट, थाहा टाइम्स डटकममा आवद्ध फोटो पत्रकार हुन् ।