Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरको विकासमा विशेष चासो छः सभापति विडारी

नेकपाका सांसद तथा राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा आश्वासन समितिका सभापति रामनारायण विडारीले संविधानको पूर्ण कार्यान्वयनको लागि आवश्यक कानूनहरु निर्माण भइरहेको बताएका छन् । मकवानपुरकै सबैभन्दा बढी कर तिर्ने सहकारी संस्थाको रुपमा चर्चित पालुङ बहुउद्धेश्यीय सहकारी संस्थाको २० औं वार्षिक साधारण सभाको उद्घाटन कार्यक्रममा बोल्दै सभापति विडारीले संघीयता क्रमशः कार्यान्वयन हुँदै गएको बताए । बिडारीले आफू थाहा नगरपालिका क्षेत्रकै नागरिक भएकोले उत्तरी मकवानपुरको विकासमा विशेष चासो रहेको बताए । 

संस्थाका अध्यक्ष पुरुषोत्तम कार्कीको अध्यक्षतामा भएको साधारण सभा उद्घाटन कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख लवशेर विष्ट, उपप्रमुख खड्गबहादुर गोपाली, राष्ट्रिय सहकारी बोर्डका सदस्य विष्णुहरि ढकाल, केन्द्रीय साना किसान सहकारी संघका लेखा समिति संयोजक महेश्वर सुवेदी, अखिल नेपाल शिक्षक संघका केन्द्रीय अध्यक्ष सानोभाइ कार्की, नेकपा प्रदेश नं. ३ सचिबालय सदस्य विष्णु विष्ट आदर्श, प्रदेश नं. ३ सहकारी संघका सदस्य विमलकुमार ढकाल, वडा अध्यक्ष राजेश केसी, थाहा स्वास्थ्य सहकारी संस्थाका अध्यक्ष हरिकृष्ण कार्की, शेयर धनी निरन्जन अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

५ हजारभन्दा बढी शेयर सदस्य रहेको उक्त सहकारीको साधारण सभाले अध्यक्ष पुरुषोत्तम कार्कीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम, सचिब अरुण रायमाझीले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष सानोकाजी गोपालीले प्रस्तुत गरेको वार्षिक आय–व्यय प्रतिवेदन पारित गरेको छ । 

साधारण सभाकै अवसरमा लेखा समिति संयोजक अच्युत्तमप्रसाद ढकालले आफूले सहकारीबाट पाउने वर्षभरिको भत्तामा रकम थपेर ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रको लागि ३५ हजार रुपियाँ हस्तान्तरण गरेका थिए । कार्यक्रममा पुरस्कार तथा सम्मानसमेत प्रदान गरिएको थियो ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०