nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरको बज्रवाराहीमा बाल दिवस मनाइयो

अन्तराष्ट्रिय बाल दिवसको उपलक्ष्यमा  थाहा नगरपालिकाको बज्रवाराहीमा विशेष कार्यक्रम सम्पन्न भएको छ । 

स्थानीय सहकारीकर्र्मीहरु, जनप्रतिनीधिहरु, समुदायका अगुवाहरु सहभागी भएको कार्यक्रममा बाल विवाह, बाल बेचविखन तथा हिँसा विरुद्धको विषयमा छलफल भएको थियो । कार्यक्रम जिल्ला बाल कल्याण समाज मकवानपुर, बाल कल्याण समाज मकवानपुर, प्लान इन्टरनेशन मकवानपुर तथा मानव बेचविखन विरद्धको संजालको संयुक्त आयोजनामा कार्यक्रम भएको हो । 

कार्यक्रमका सहभागीहरुलाई जिल्ला बाल कल्याण समाज मकवानपुरका कार्यक्रम संयोजक प्रकाश खतिवडाले सहजीकरण गरेका थिए । कार्यक्रममा थाहा नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष शशीधर सुवेदीलगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।