nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरको बजार अनुगमन, उपभोक्ताको हितमा खेलबाड गरे कारबाही हुने

anu-001-1590156461.jpg

मकवानपुर थाहा नगरपालिकाले ९ जेठमा बजार अनुगमन गरेको छ । थाहा नगरपालिकाका उपप्रमुख तथा उपभोक्ता हित संरक्षण समितिका संयोजक खड्ग बहादुर गोपालीको नेतृत्वमा बजार अनुगमन गरिएको हो । अनुगमन टोलीले थाहा नगरपालिका वडा नम्बर ६ बज्रवाराहीका पसलहरुको अनुगमन गरेको संयोजक गोपालीले जानकारी दिए । 

कोरोना भाइरसको महामारीका बेला उपभोक्ताहरु नठगिउन् भन्ने उद्देश्यले बजार अनुगमन गरिएको उपप्रमुख गोपालीले जानकारी दिए । अनुगमनका क्रममा म्याद गुज्रिएको, मूल्य सूची नराखेकोलगायतको अवस्था देखिएको र व्यवशायीहरुलाई सचेत पारिएको गोपालीले बताए । उपभोक्ता हितमा प्रत्येक्ष असर पर्ने आवस्थामा पीडत तथा उपभोक्ताहरुले थाहानगर उपभोक्ता हित संरक्षण समितिमा उजुरी दिन सकिने गोपालीको भनाइ छ । नगरपालिकामा उजुरी परेमा छनविन गरी कार्यविधि अनुसार कारबाही गरिने उनको भनाइ छ । गोपालीले उपभोक्ताको स्वासथ्यमाथि खेलबाड गरेर अखाद्य वस्तु विक्रि गरेको पाइएमा पायक गर्ने उपभोक्ता हितका क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाहरुमा पनि उजुरी गर्न सकिने गोपालीले जानकारी दिए ।

अनुगमन टोलीमा थाहा नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने, उपभोक्ता हित संरक्षण मञ्च  मकवानपुरका सदस्य गणेशमान श्रेष्ठ, राष्ट्रिय उपभोक्ता मञ्च थाहानगरका अध्यक्ष प्रमोदकृष्ण जोशी, थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्री, इलाका प्रहरी कार्यालय पालुङका प्रतिनीधिहरु लगायतकाको सहभागीता रहेको थियो । 



https://thahatimes.com/public/images/users/AMBIKA-1588562241.jpg

अम्बिका के.सी.

ambikakc333@gmail.com

पत्रकार केसी थाहा टाइम्सकी संवाददाता हुन् ।