nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरको पालुङमा धिमे जोगाउन जुटे युवा

उत्तरी मकवानपुर थाहा नगरपालिका २ पालुङका युवाहरु अहिले आफ्नो धर्म संस्कृति जोगाउन लागी परिरहेका छन् । यसै स्वरुप गाउँका हातेमालो युवा समितिको आयोजनामा ३ महिने धिमे बजा तालिम भईरहेको छ । 

धिमे बाजा सिक्न कम्तीमा पनि ६ महिना लाग्ने भए पनि ६ महिना नै गर्न नसकिने भएकोले अहिले ३ महिना मात्रै सिकाउन लागेको आयोजक समितिले जनाएको छ । तालिममा पालुङ नेवार समुदायको २० देखि २५ जनाको सहभागिता रहेको छ । तालिममा काठमाण्डौ किर्तिपुरबाट हरेक हप्ताको १ दिन हरि गोपाल श्रेष्ठ, लक्ष्मण महर्जन, विजय महर्जन, राजन महर्जन, धनेष महर्जन, र नरेश महर्जन गरि ६ जना प्रशिक्षार्थी ल्याउँने गरिएको  हातेमालाका सदस्य प्रमोद कुमार श्रेष्ठले जानकारी दिए । 

बर्तमान समयका पुस्ता संस्कृतिबाट टाढा गएकोले आफ्नो धर्म संस्कृति र जातिय अस्तित्व जोगाउनको लागि तालिमको आयोजना गरिएको हातेमालो युवा समितिका सल्लाहकार तथा गाउँकै स्थानिय मधुकर विक्रम श्रेष्ठले बताए । 

करिब ५ वर्ष पहिले सम्म महिलालाई त्यस्तो धार्मिक क्रियाकलापमा समवेश नगराए पनि अहिले भने महिलाहरु धिमे बाजाको तालिम लिदै छन् । त्यस बेलाको रुढीबादी परम्परालाई अन्त्य गर्नको लागि “हामीले बुढापाकालाई धेरै सम्झाउने प¥यो र अहिले महिला समाबेश गराईएको छ” सल्लाहकार श्रेष्ठले भने । साथै उनले सिकाई समेत प्रभाकारी भईरहेको बताए ।  

तालिममा सहभागी महिला प्रमिला श्रेष्ठले आफ्नो संस्कृति जोगाउन कै लागि समाजमा महिलाको भूमिका पनि महत्वपूर्ण हुने कुरा जनाउनको लागि पनि तालिममा सरिक भैरहेको बताए । बुढापाकाले महिलाले यस्तो बाजा बजाउन हुदैन के के हुन्छ भने पनि अहिले आफू र आफू जस्तै महिलाहरुले सिकिरहदा त्यस्तो केही नभएको उनको बुझाई छ ।  

समाजमै रहेर केही गर्न सकिने भन्दै सबै जना मिलेर तालिमको आयोजना गरिएको हातमालो समितिका अध्यक्ष रमन श्रेष्ठले बताए । तालिमको लागि आफू सहित अन्य साथीहरु र गुरुहरुबाट सहजिकरण भईरहेको उनको भनाई छ । समितिका सदस्य प्रमोद श्रेष्ठको अनुसार संस्कार र संस्कृतिले मानिसलाई सभ्य बनाउने भन्दै सकारात्मक सोचाका अनुसार तालिमको आयोजना गरिएको बताए । 

करिब ८५ घरधुरी रहेको नेवार समुदायको धेरै संस्कृति भने लोभ भएर गईसकेका छन् । शिबरात्री गुठी भोज, घोडे जात्रा अन्तरर्गतको गुठी, धैवाजी गुठी, युनी पुजा लगायतका संस्कृति लोभ भईसकेको छ । त्यसैगरि नेवार समुदायको सबैभन्दा ठूलो सना गुठी, जेष्ठ पुर्णिमाको गुठी, कात्र्तिक पूर्णि गुठी समेतको संस्कृति नाश भईसकेको श्रेष्ठको भनाई छ । 

आर्थिक, युवा पलायन, गुठीको जग्गा मोहिको नाममा नामसारी लगायत कारणले पनि धेरै संस्कृति मासिएको समुदायका अगुवाहरुको भनाई छ ।



https://thahatimes.com/public/images/users/26166321_736678939864359_-1516519321.jpg

जनक तामाङ

janaklama415@gmail.com

तामाङ,थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको थाहानगरमा रहेर पत्रकारिता गरिरहेका छन् ।