Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरको पानोरमा रिसोर्टमा ८ भारतीय नागरिक अचेत, हेलिकप्टरबाट ह्याम्स अस्पताल पठाइयो

Panorama-1579582806.jpg

मकवानपुरको  थाहा नगरपालिका सिमभञ्ज्याङमा रहेको पानोरमा रिसोर्टमा ८ भारतीय नागरिक अचेत अवस्थामा भेटिएका छन् । दुई कोठा लिएर बसेका भारतीय पर्यटकहरुलाई ७ माघ बिहान बेहोस अवस्थामा फेला पारिएको हो । उनीहरू भारतको केरला प्रदेशका भएको  बुझिएको छ ।

अचेत रहेका ४ महिला र ४ पुरुषको पहिचान खुलेको छैन। ती पर्यटकहरु दुई कोठामा बसेको भए पनि बेहोस अवस्थामा एकै कोठामा भेटिएको प्रहरीले जनाएको छ। चिसोबाट बच्न बालेको ग्यास हिटरबाट उनीहरु निसासिएर बेहोस भएकोहुनसक्ने प्रारम्भिक अनुमान छ ।

अचेत अवस्थामा रहेका भारतीयहरुलाई अहिले काठमाडौं स्थित ह्याम्स अस्पताल हेलिकप्टरबाट लगिएको छ । 

उनीहरु नागपोखरीमा रहेको इजी कम्पनीबाट हेटौंडा आएको बुझिएको छ। उनीहरु कटेजमा बसेका थिए। टोलीमा १५ जना थिए।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०