nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरको पानीको मुहानमा फोहोरको डङ्गुर
झण्डै एक ट्रिप फोहोर फाल्ने विरुद्ध प्रहरी अनुसन्धान शुरु

Karul-1516763683.jpg

थाहा नगरपालिका–४ किटेनीका बासिन्दा खानेपानीको मुहानमा फालिएको फोहोरबाट पटक पटक आक्रान्त हुँदै आएका छन् । खानेपानीको मुहानमा फोहोर भेटिएको ६ महिना बित्न नपाउँदै फेरि अर्को किसिमको फोहोर भेटिएको छ । यो पटक भेटिएको फोहोर कसले फालेको हो भन्ने थाहा हुन सकेको छैन । अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ । थाहा–४ स्थित त्रिभुवन राजपथको भ¥याङ हाल्या कान्लामुनि कारुल खोला खानेपानीको मुहानमा डङ्गुर फोहोर मैला भेटिएको हो । यसअघि थाहा पोलिक्लिनकको फोहोर त्यहीँ भेटिएको थियो ।

उपभोक्ताहरु मुहान सरसफाई तथा अनुगमन गर्न जाँदा मुहानको पानीमै तैरिरहेको अवस्थामा फोहोर भेटिएको थियो । मुहानसहित त्यसको ३ सय मिटर वरपर यत्रतत्र फोहोर मैला भेटिएको उपभोक्ता गणेश लामाले बताए । भेटिएको फोहोरमा अधिकाँश नेहा कम्पनीको कस्मेटिक सामानहरु रहेका छन् । मिति गुज्रेका मेहन्दी, हेयर कलर लगायत सामानहरु रहेका छन् । झण्डै एक डिआइ गाडी बराबरको फोहोर भेटिएको उपभोक्ताहरुको भनाई छ । पुरानो चकलेट र बिस्कुटका प्याकेटहरु भएको एक बोरा फोहोर पनि अलग्गै भेटिएको छ । उक्त मुहानबाट आउने पानी थाहा–४को किटेनी, भैंडाँडा र काफलडाँडाका झण्डै ४ सय घरधुरीले पिउने गर्दछन् । झण्डै २ हजार भन्दा बढी जनसंख्याले पिउने पानीको मुहानमै फोहोरमैला भेटिएपछि समस्या समाधानको लागि भन्दै वडा कार्यालयमा निवेदन दिएका थिए । नगरपालिकाले अनुसन्धान गर्न भन्दै प्रहरीलई पत्र लेखेपछि प्रहरी निरक्षक वीरेन्द्र पासवानसहितको टोली, थाहा–४ का वडा सदस्य रवि विष्ट र उपभोक्ताहरुको टोली फोहोरमैला फालिएको स्थानमा पुगेका थिए । खानेपानीको मुहानमा फोहोर फ्याँक्नेको पहिचान गरी कानूनी प्रक्रियाबाट हदैसम्मको कारवाही गर्न उपभोक्ताहरुले माग गरेका छन् ।

फोहोर फ्याँक्नेको पहिचान नभएमा नेहा कम्पनीको सामानको फोहोर भेटिएकोले उक्त कम्पनीलाई समेत छानविनको दायरामा ल्याउनु पर्ने आफूहरुको माग रहेको उपभोक्ता श्रीकृष्ण केसीले बताए । मुहानमा फोहोरमैला भेटिएपछि थाहा–४, भैंडाडाका उपभोक्ताहरुले उक्त मुहानको पानी नै खान छाडेका छन् । ‘हामीले बँदेलीको खोल्साको पानी खाइरहेका छौं, भैंडाडाका एक उपभोक्ताले भने । भैंडाडाका २५ घर परिवारले छुट्टै श्रोतको पानी खाए पनि किटेनी र काफलडाँडाका बासिन्दा भने सोही मुहानको पानी पिउन बाध्य छन् । यसको दिर्घकालीन समाधानको लागि अघि बढ्ने उपभोक्ता समितिका अध्यक्ष बच्चुराम केसीले बताए ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)