Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरको पाथिभरा मकवानपुरकै उत्कृष्ट सहकारीको घोषणा

मकवानपुरको थाहा नगरपालिका २ फाँटबजारमा रहेको पाथिभरा बचत तथा ऋण सहकारी संस्था लि। जिल्लाकै उत्कृष्ट मिश्रित सहकारीको रुपमा पुरस्कृत भएको छ । हेटौडामा जिल्ला बचत तथा ऋण सहकारी संघको १२ औं साधारण सभामा पाथिभरालाई उत्कृष्ट मिश्रित सहकारीको रुपमा सम्मान गरेको हो । 

सम्मानित हुन पाउँदा आफूहरुलाई थप आँट र हौसला मिलेको व्यवस्थापक राजाराम कार्कीले बताए । सहकारीको मुलमन्त्र बुझि वि।सं। २०६३ सालमा स्थापित संस्थाले अहिले थाहा नगरपालिका २ फाँटबजारबाट आफ्नो सेवा सुविधा प्रदान गर्दै आएको छ । 

संस्थामा अहिले १ हजार ४४९ साधारण शेयर सदस्य रहेका छन् । हाल सहकारी संस्थाले विना व्याज १ महिनाको लागि आकस्मिक कर्जाको सुविधा, ६० वर्ष काटेका बृद्धाबृद्धहरुलाई घरमा नै बचत गराउने सुविधा, महिला सदस्य सुत्केरी भेटघाट सेवा सुविधा, शेयर सदस्य क्रियापुत्ती भेटघाट लगायत सुविधा प्रदान गरिरहेको छ । 

कार्यक्रम नेपाल बचत तथा ऋण सहकारी संघ लिमिटेडका केन्द्रिय अध्यक्ष डिबि बस्नेतको प्रमुख आतिथ्यता तथा जिल्ला संघकी अध्यक्ष राधा सिंतानको सभाध्यक्षतामा भएको हो । कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष बद्री लम्साल र केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटाको विशेष आतिथ्यता रहेको थियो ।

-जनक लामा



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०