Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरको दामन सिमभनज्याङको बजार अनुगमन

वर्षैपिच्छे हिउँ पर्दा उपभोक्ता ठगिएको गुनासो आइरहेको भन्दै थाहा नगरपालिकाले १६ फागुनमा बजार अनुमगन गरेको छ । नगर उपप्रमुख तथा उपभोक्ता हित संरक्षण समितिका संयोजक खड्ग गोपालीको नेतृत्वमा बजार अनुगमन गरिएको हो । 

थाहा नगरको पर्यटकीय क्षेत्र दामन सिमभन्ज्याङ क्षेत्रमा बजार अनुगमन गरिएको हो । अनुगमनमा  गोपाली सहित नगरपालिकाका बजार अनुगमन समितिका अनिल लामिछाने, थाहानगर उद्योग वाणिज्य संघका भरत गोपाली, इलाका प्रहरी कार्यालयका प्रतिनीधि लगायत सहभागी थिए । 

अहिले दामन सिमभनज्याङ क्षेत्रमा रहका पसलहरुमा मूल्यसूची राखिएको छ । मूल्यसूची नराख्दा ग्राहकहरु ठगिएको गुनासोपछि नगरपालिकाको पहलमा मूल्यसूची राखिएको हो ।  


 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०