Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरको दामनमा चिसो बढ्यो

daman-1576207257.jpg

मकवानपुर दामनको वातावरण निकै चिसो भएको छ । चिसो बढेसंगै जनजीवन समेत प्रभावित भएको छ । 

अहिले थाहा नगरपालिकाको तापक्रम ९ डिग्री सेल्सियस छ । विहान दामन क्षेत्रमा थाहानगरको दामन आसपास हलुका वर्षा भएको छ । २७ मंसिरमा पश्चिमका उच्च पहाडी तथा हिमाली भेगमा भारी हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मध्य र पूर्वी हिमाली भेगमा पनि हिमपात हुने देखिएको छ ।

यो क्रम २८ मंसिरसम्म रहने र ३० मंसिरबाट मौसममा सुधार आउने मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए । काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार उपत्यकामा दिउँसोको न्यूनतम तापक्रम केही बढे पनि अधिकतम तापक्रम घटेको छ । अधिकतम तापक्रम घट्दा चिसो बढ्ने मौसमविद् बताउँछन् ।

केही दिन अघि नेपालको पश्चिमी भूभागबाट प्रवेश गरेको न्यूनचापीय प्रणालीको प्रभावले देशभर मौसम बदली भएको हो ।