Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरको तरकारी सहकारीमार्फत हेटाैंडामा बिक्री थालियो

Thaha-Ko-Tarkari-aba-saha-1588167226.jpg

मकवानपुर थाहा नगरपालिका बज्रवाराही–चित्लाङमा उत्पादित हरियो तरकारी अब सहकारी मार्फत जिल्लाका उपभोक्ताहरुको घरघर पु¥याइने भएको छ । कोरोना भाइरस ९कोभिड–१९० रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण सजिलै बजार पु¥याउन नसकेपछि यस्तो उपाय अपनाई बजारिकरण थालिएको हो । 

सहकारी मार्फत तरकारी खरिद बिक्रि शुभारम्भ गर्नका लागि बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र भूमि व्यावस्था कृषि तथा सहकारी मन्त्री दावा दार्जे लामा हेटौंडाको चौकीटोलमा रहेको दुग्ध सहकारी संघको कार्यालय पुगेका थिए। सहकारी मार्फत प्याकिङ गरेर तरकारी बिक्र गर्दा उपभोक्ता र किसान दुवैलाई फाइदा पुग्ने मुख्यमन्त्री पौडेलले बताए ।

गाउँ गाउँबाट गाउँकै सहकारीले ल्याउने र हेटौंडाका सहकारी मार्फत सुलभ मुल्यमा उपभोक्ताको घरघरमा पुग्नेगरी मकवानपुरका सहकारीले यो काम सुरु १७ वैशाखबाटै शुरु गरेका छन् । जिल्लाका सहकारीसंघहरुको सहकार्यमा १७ वैशाखबाट ताजा तरकारी सुलभ मुल्यमा विक्री सुरु गरिएको सहकारी संघका केन्द्रीय सदस्य बद्री लम्सालले बताए । हेटौंडाका विभिन्न सहकारी मार्फत सदस्यहरुलाई बिक्री गरिएको उनले बताए ।
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०