Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरको तरकारी बजारिकरणका लागि प्रदेश सरकार समक्ष डेलिगेशन

CM-Office-1588259109.jpg

मकवानपुर थाहा नगरपालिका क्षेत्रमा उत्पादित हरियो तरकारीको सहज बजारिकरणको सक्दो सहयोग गर्ने बागमती प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेलले प्रतिवद्धता व्यक्त गरेका छन् । थाहा नगरपालिकाबाट जनप्रतिनीधिसहितको डेलगिशन टोलीलाई मुख्यमन्त्री पौडेलले बागमती सरकारले बजारिकणका लागि गरेको  कामको विषयमा जानकारी गराएका थिए । 

छलफलमा बागमती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाको समेत सहभागिता रहेको थियो । सो अवसरमा मुख्यमन्त्री पौडेलले चितवनको बन्द रहेको तरकारी बजार खुलाउने वातावरण बनाइ त्यहाँ समेत थाहानगरको तरकारी पठाउने व्यवस्था गर्न कृषि मन्त्री लामालाई सहजीकरण गरिदिन भनेका छन् ।  थाहा नगरपालिकाको वडा नम्बर ६, ९ र १० मा अहिले मुख्यगरी काउली, मुला, बन्दा, केराउ कोसा लगायतको हरियो तरकारी उत्पादन भैरहेको छ । 

थाहानगरमा उत्पादित तरकारीको विषयमा कृषि सहकारी संघ मकवानपुरका अध्यक्ष महेश्वर सुवेदीले ब्रिफिङ गरेका थिए । उत्पादित बजारलाई बजारिकरण गरिदिन नगर प्रमुख लवशेर विष्टले मुख्यमन्त्री पौडेल तथा कृषि मन्त्री लामालाई अनुरोध गरे । मन्त्रीद्वयले थाहानगरमा उत्पालित तरकारीलाई बजारिकरण गर्न सँधै तत्पर रहेको बताउँदै यसको व्यवस्थापन गर्ने समेत प्रतिवद्धता व्यक्त गरे ।  थाहानगरको अर्को तरकारी बजार पोखरमा समेत बजार सहज बनाउन गण्डकी प्रदेश सरकारसंग आवश्यक समन्वय गर्ने बागमती प्रदेश सरकारले जनाएको छ । 

डेलिगशनमा थाहानगर प्रमुख लवशेर विष्ट, नेकपा मकवानपुरका नेता विष्णु प्रसाद ढकाल, कृषि सहकारी संघ मकवानपुरका अध्यक्ष महेश्वर सुवेदी, थाहा ६ नम्बर वडा अध्यक्ष शशीधर सुवेदी, थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्री, महिला उद्यमी आरती श्रेष्ठ, थाहानगर तरकारी व्यवशायी संघका अध्यक्ष राजेन्द्र विडारी, कृषक उत्तम लामिछाने, शंकर महर्जन, पत्रकार ध्रुव ढकालगायतकाको सहभागिता रहेको थियो । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०