nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरको टिस्टुङमा कफि उत्पादन शुरु

उत्तरी मकवानपुरको थाहा नगरपालिका आसपासका क्षेत्रमा कफिको व्यावसायिक उल्पादन गर्न सकिन्छ भनेर टिस्टुङ्ग जगडाँडाका किसानले प्रमाणित गरेका छन् । थाहा नगरपालिका १२ का स्थानिय क्षेत्रबहादुर आले र दुर्गा बहादुर आलेले परिक्षणका रुपमा लगाएको ५०/६० बोट कफिले व्यवसायिक उत्पादन दिन शुरुगरेपछि आले परिवार दङ्ग छन् ।

काभ्रेको पाँचखालमा ३ वर्ष अगाडी घुम्न गएका बेला त्यहाँ भएको उत्पादनले आकर्षित भएका आले परिवारले परिक्षणका लागि ५०/६० बोट कफिको बिरुवा ल्याएर लगाएका थिए । यस वर्ष उनीहरुले उक्त बिरुवा बाट ५० के.जी. कफि प्रति के.जी. ६ सय का दरले बेचेको  किसान क्षेत्र ब. आलेले विकासखबरलाई बताए ।

थाहा नगरपालिका १२ टिस्टुङमा उत्पादन भएको कफि

आँप र अम्बकको बगैंचा भित्र लगाएको कफिले कुनै जमिन नओगट्ने भएकाले उनिहरु अझ बिरुवा थप गरि व्यवसायिक उत्पादन गर्न उत्साहित छन् । हाल सम्म कुनै सरकारी निकाय वा अन्य संघ संस्थाको सहयोग विना आफ्नै प्रयासमामात्र कफिको उत्पादन गरेका आले परिवारबाट टिस्टुङ्ग जगडाँडा, डाँडिघाट, महांकाल, नागान्जाल क्षेत्रका किसान पनि कफि खेति तर्फ आकर्र्सित भएका छन् । तर सरकारी तथा सरोकारवाला निकायबाट हाल सम्म कुनै सहयोग नपाएको किसानहरुको गुनासो छ ।

कफि उत्पादक किसान क्षेत्र ब. आले

सरकारी निकायबाट सहयोग पाए थाहानगरको टिस्टुङ्ग लगाएतका क्षेत्रमा कफि खेती व्यावसायिक रुपमा गर्न सकिने र यस क्षेत्रका बासिन्दाको आय आर्जन बढ्ने किसानहरुको विश्वास छ । किसानहरुले कफि उत्पादनका लागि प्राविधिक सहयोग तथा कफि प्रशोधन केन्द्र बनाउन सके यस क्षेत्रलाई कफिको पकेट क्षेत्रको रुपमा विकास गर्न सकिने बताए ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)

20181118_132939-copy-1560766458.jpg

थाहामा कफि उत्पादन