Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरको टिष्टुङलाई प्याराग्लाइडिङको अनुमति

साहसिक पर्यटनको एक माध्यम प्याराग्लाइडिङका लागि थाहा नगरपालिका वडा नम्बर १२ टिष्टुङमा इजाजत पाएको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार मकवानपुरको टिस्टुङमा प्याराग्लाइडिङ जोन स्थापना गरिएको छ । थाहा नगरपालिका वडा नं. १२ मा टिष्टुङ प्याराग्लाइडिङ प्रालिले यो खेल सञ्चालन गर्न अनुमति पाएसंगै जोन स्थापना भएको हो । टिष्टुङमा उडेको प्याराग्लाइडिङले अधिकतम् ५ हजार फिटसम्म मात्र उचाई लिन सक्ने भएको छ । 

त्यस्तै ‘सूर्यचौर–शिवपुरी–नुवाकोट’ क्षेत्रमा पनि अर्को एक प्याराग्लाइडिङ जोन थपिएको छ । प्राधिकरणका अनुसार यी क्षेत्र तोकिएको  ‘प्याराग्लाइडिङ जोन’ उपयोग भने २७ फेब्रुअरीबाट मात्र गर्न पाइने भएको   छ । यहाँ नेपाल प्याराग्लाइडिङ प्रालिले प्याराग्लाइडिङ उडाउने गरी अनुमति लिएको हो ।

यस क्षेत्रमा अधिकतम् ६ हजार ५ सय फिटसम्मको उचाईसम्म उडान गर्न सक्ने गरी उक्त कम्पनीले अनुमति पाएको हो । केही महिना अगाडि संखुवासभाको खाँदबारीमा प्याराग्लाइडिङ जोन स्थापना भएको थियो ।  खाँदबारी ५, रमिते डाँडामा यस्तो क्षेत्र तोकिएको थियो । केही समय अगाडी पोखरामा मात्र सिमित यो साहसिक खेल पछिल्लो समय देशभर बिस्तार हुने क्रममा रहेको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०