nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 7th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरको नवजागृत पुस्तकालयले मनायो १२ औं राष्ट्रिय पुस्तकालय दिवस

मकवानपुर थाहा नगरपालिकामा बाह्रौ राष्ट्रिय पुस्तकालय दिवस मनाइएको छ । 

थाहा नगरपालिका वडा नम्बर ४ मा रहेको नव जागृत पुस्तकालय शिखरकोटले पुस्तकालय दिवसको अवसरमा १५ भाद्रमा एक कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो । ‘पठन संस्कृतिको पूर्वाधार, पुस्तकालयको विकास र विस्तार’ भन्ने नाराका साथ नव जागृत पुस्तकालयले १२ औं राष्ट्रिय पुस्तकालय दिवस मनाएको हो । पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष मधुसुदन रायमाझीको अध्यक्षतमा शिखरकोट स्थित कार्यालयमा भएको कार्यक्रममा पुस्तकालयको महत्वको विषयमा चर्चा गरिएको थियो । पछिल्लो समयमा पुस्तकालयमै गएर पढ्ने बानी हराउँदै गएकोप्रति सहभागीहरुले चासो व्यक्त गरेका थिए । 

कार्यक्रममा पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष रायमाझीले समयसंगै परिस्कृत गर्दै पुस्तकालयलाई संचालन गर्नु अहिलेको आवश्यकता रहेको औल्याए ।  अध्यक्ष रायमाझीले भने–‘आधुनिकतासंगै पुस्तकायलाई प्रविधिसंग जोड्नु अबको आवश्यकता हो, त्यो युवा नेतृत्वबाट संभव छ ।’ उनले पुस्तकालयको नेतृत्व अब युवाले लिनूपर्ने बताउँदै पुस्तकालयकै माध्यमबाट थुप्रै सामाजिक काम गर्न सकिने बताए । 

कार्यक्रममा पालुङ क्याम्पस प्रमुख रामहरि अधिकारी, फरक सोच अभियानका संयोजक यादवजंग रायमाझी, प्राध्यापकहरु, शिक्षक तथा पाठक तथा पुस्तकालयका सदस्यहरुको उपस्थिती रहेको थियो । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)