nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरको जनकल्याण माविलाई कम्प्युटर सहयोग

मकवानपुर थाहा नगरपालिका वडा नं. ३ मा रहेको जनकल्याण माध्यमिक विद्यालयले १२ थान कम्प्युटर सहयोग पाएको छ । 

विद्यालयलाई ४ वैशाखमा विष्ट सेवा समिति र रोटरी क्लब काठमाण्डौं वेस्टले कम्प्युटर सहयोग गरेको विष्ट सेवा समितिका अध्यक्ष सुदर्शन विष्टले जानकारी दिए । दुवै संस्थाले कम्प्युटर एक समारोहकाबीच विद्यालयलाई हस्तान्तरण गरेका हुन् । 

मायाको चिनो ग्रहण गर्दै विष्ट सेवा समितिका अध्यक्ष सुदर्शन विष्ट

थाहा नगरपालिकाका उप प्रमुख खड्ग गोपालीको प्रमुख आतिथ्यमा भएको कार्याक्रम विद्यालय व्यवसथापन समितिका अध्यक्ष राजीव स्याङ्तानको सभाध्यक्षतामा भएको हो । कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष राजेश केसी, शिक्षकहरु, विष्ट सेवा समिति र रोटरी क्लब काठमाण्डौं वेस्टका पदाअधिकारीहरुको उपस्थिती रहेको थियो । सहयोगीहरुलाई विद्यालयले मायाको चीनो वितरण गरेको थियो । 

कार्यक्रमको अवसरमा विद्यालयमा साँस्कृतिक कार्यक्रम समेत गरिएको थियो ।