nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरको जनकल्याण माविका छात्रछात्रालाई ट्रयाक सुट वितरण

GP5-1631885252.jpg

मकवानपुर थाहा नगरपालिका वडा नम्बर ३ मा रहेको जनकल्याण माध्यमिक विद्यालयका ३ सय ५० जना छात्रछात्रालाई ट्रयाक सुट वितरण गरिएको छ । जि.पी. कोइराला फाउण्डेशन नेपाल मकवानपुर क्षेत्र नम्बर २ (क) को आयोजनामा ट्रयाक सुट वितरण गरिएको हो । 

जनकल्याण मावि व्यवस्थापन समितिका अध्यक्ष राजीव कुमार स्याङ्तानको सभाध्यक्षतामा भएको कार्यक्रम फाउण्डेशनका क्षेत्र नम्बर २ (क) मकवानपुरका संयोजक प्रमोदकृष्ण जोशीको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा जनकल्याणका इसिइडीदेखि कक्षा ८ सम्मका छात्रछात्राहरुलाई ट्रयाक सुट वितरण गरिएको संयोजक प्रमोदकृष्ण जोशीले बताए । थाहानगरमा चिसो महिना भित्रदै गर्दा विद्यालय पोशाकसंग मिल्ने न्यानो कपडा फाउण्डेशनले वितरण गरेको हो । 

कदरपत्र हस्तान्तरण ।कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सानोभाइ कार्की, स्थानीय समाजसेवी निरोज प्रधान, शिक्षक तथा विद्यार्थीहरुको उल्लेख्य उपस्थिती रहेको थियो । विद्यालयका छात्रछात्राका लागि न्यानो कपडा ट्रयाक सुट हस्तान्तरण गर्ने जि.पी. कोइराला फाउण्डेशनलाई विद्यालयले कदरपत्र दिएको । अध्यक्ष स्याङ्तानले फाउण्डेशनका क्षेत्रिय संयोजक जोशीलाई कदरपत्र हस्तान्तरण गरेका हुन् । 

यसअघि पनि जि.पी. कोइराला फाउण्डेशन नेपाल मकवानपुर क्षेत्र नम्बर २ (क) का संयोजक प्रमोदकृष्ण जोशीको पहलमा थाहा–२ को पञ्चकन्या, थाहा–३ को जनता आधारभूत विद्यालयका छात्रछात्राहरुलाई न्यानो कपडा वितरण गरिएको थियो । 

थाहा नगरपालिका वडा नम्बर ६ मा बसोबास गर्दै आएका जोशी विभिन्न सामाजिक काममा यसअघि देखि नै क्रियाशील व्यक्ति हुन् । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)