Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरको चौथो नगरसभाः बजेट ५५ करोड ९९ लाख ३४ हजार

मकवानपुर थाहा नगरपालिकाको चौथो नगरसभा भएको छ । २७ माघमा भएको सभाले तेस्रो नगरसभाले विनियोजन गरेको अनुमानित बजेट तथा कार्यक्रमहरु संशोधन सहित पास गरेको छ । 

२५ असारमा सम्पन्न तेस्रो नगरसभाबाट पारित ५१ करोड १ लाख ७८ हजार रुपियाँको बजेट तथा कार्यक्रमलाई चौथो नगरसभाले संशोधन सहित ५५ करोड ९९ लाख ३४ हजार रुपियाँको संशोधित बजेट तथा कार्यक्रम उपप्रमुख खड्ग गोपालीले सभामा पेश गरेका थिए । उपप्रमुख गोपालीले पेश गरेको बजेट तथा कार्यक्रमलाई सभामा छलफलका लागि मेयर लवशेर विष्टले समय उपलब्ध गराएका थिए । सभामा निर्णायर्थ पेश भएको बजेट तथा कार्यक्रम सर्वसम्मतले पास भएको हो । 

नगरसभामा चालुतर्फ ६ करोड ७१ लाख २७ हजार, पुँजीगततर्फ २३ करोड ८४ लाख ५७ हजार, विषयगततर्फ १९ करोड ३३ लाख ७५ हजार र सामाजिक सुरक्षातर्फ ६ करोड १० लाख रुपियाँको बजेट तथा कार्यक्रम पेश भएको थियो ।