Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

चित्लाङमा भेटियो पर्यटक लोभ्याउने "चमेरो गुफा"

मकवानपुरको थाहा नगरपालिका चन्द्रागिरी तारेभिरमा नयाँ गुफा फेला परेको छ । मकवानपुरकै पहिलो पर्यटकीय गाउँ चित्लाङमा पर्ने उक्त गुफा समुन्द्र सतहदेखि करिब २ हजार ४०० मीटरको उचाईमा रहेको  छ । 

पहरामा अचम्मको मनोहक सुन्दर चमेरो गुफा रहेको स्थानीय पर्यटन व्यवशायी राम शरण नेपालले जानकारी दिए । व्यवशायी नेपाल सहितको टोलीले १७ माघमा गुफाको अवलोकन गरेको उनले बताए । उक्त गुफाको चौडाई २० मिटर रहेको छ भने उचाई करिब ३० मीटर रहेको उनले जानकारी दिए । उनले चर्चामा आउन नसकेको उक्त गुफालाई आवश्यक प्रवद्र्धन गर्नका लागि आग्रह गरेका छन् । चित्लाङ लगायत समग्र थाहानगरकै लागि गुफा पर्यटन विकासमा थप आकर्षणको केन्द्र बन्ने उनले बताए । 

उनले पर्यटन व्यवशायीहरुको तथा थाहानगरको गुफाको संरक्षण, प्रवद्र्धन तथा प्रचारप्रसारमा ध्यान जानूपर्ने बताए । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०