nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 23rd April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरको घैटो फुटाउने प्रतियोगितामा ऋषेश्वर ११ विजयी

मकवानपुर थाहा नगरपालिकामा परम्परागत रुपमा बनाइदै आएको घैटो फुटाउने प्रतियोगितामा यसवर्ष ऋषेश्वर ११ समुह विजयी भएको छ । कार्यक्रम शिखर क्लब, बजार व्यवस्थापन समिति शिखरकोट र स्ट्रङ सौल डान्स कृउको संयुक्त आयोजनामा भएको हो । 

प्रत्येक वर्ष कृष्णाष्टमीको अवसरमा थाहानगरको शिखरकोटमा हुने प्रतियोगितामा ऋषेश्वर ११ विजयी भएसंगै नगद १२ हजार पाँचसय रुपियाँ सहित प्रमाणपत्र पाएको छ । प्रतियोगितामा आग्रा समूह द्वितीय र कोब्रा समुह नयाँगाउँ तृतीय भएको छ । प्रतियोगितामा द्वितीय र तृतीय हुने समूहले क्रमशः नगद ८ हजार र पाँच हजार रुपियाँ तथा प्रमाणपत्र पाएका छन् । 

 द्वितीय भएको समूह । फोटो: अनिता विष्ट/विकासखबर डटकम

प्रतियोगिताको प्रथम, द्वितीय र तृतीय पुरस्कार क्रमशः पुरस्कार साझा रोडा ढुङ्गा उद्योगका रामराजा केसी, प्रोग्रेसिभ कन्सट्रक्शनका आशिक कार्की र निर्माण व्यवशायी सुर्यसिं ठकुरीले प्रायोजन गरेका थिए । विजयीहरुलाई एक समारोहकाबीच पुरस्कार वितरण गरिउको छ । 

कार्यक्रमका लागि स्थानीय समाजसेवी अच्युतम प्रसाद ढकालले ५ हजार, सफल तरकारी व्यवशायी संघले ५ हजार, सुरुची सुनचाँदी पसलले ३ हजार, जे.एस. सुनचाँदी पसलले २ हजार, चन्द्रलोक स्टेशनरीले २ हजार र बि.एस. निर्माण सेवाका सन्तोष कार्कीले २ हजार रुपियाँ सहयोग गरेका थिए ।

तृतीय भएको समूह । फोटो: अनिता विष्ट/विकासखबर डटकम

शिखर क्लबका उपाध्यक्ष पूर्णध्वज केसीको संयोजकत्वमा भएको कार्यक्रमको अवसरमा विहानैबाट स्ट्रङ सौल डान्स कृउको विशेष साँस्कृतक कार्यक्रम रहेको थियो । वार्षिक रुपमा मनाइँदै आएको यस प्रतियोगितालाइृ उत्सवकै रुपमा संचालन गरिने प्रतियोगिताका संस्थापक कार्यक्रम संयोजक यादवजंग रायमाझीले जानकारी दिए । प्रतियोगिता अवलोकनको लागि मकवानपुर सहित छिमेकी जिल्लाहरुबाट समेत भिड लागेको थियो । यो प्रतियोगिता वि.सं. २०५३ सालबाट शुरु भएको हो । प्रतियोगिताका लागि वि.सं. २०६२ सालबाट साझा रोडा ढुङ्गा उद्योगका संचालक रामराजा केसीले रामराजा केसीले प्रथम पुरस्कार प्रायोजन गर्दै आएकाछन् ।  


 



https://thahatimes.com/public/images/users/ganes-1555945362.jpg

गणेश विष्ट

ganeshbista955@gmail.com

विष्ट, थाहा टाइम्स डटकममा आवद्ध फोटो पत्रकार हुन् ।