Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरको घरघरमै पुगेर आरडीटी टेष्ट

Check-1587006315.jpg

मकवानपुरको थाहा नगरपालिकाले घरघरमै पुगेर ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) शुरु गरेको छ। ३ वैशाखबाट शुरु गरेको आरडीटी परीक्षणमा एकै दिन १२ जनाको परीक्षण गरिएको स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिए । 

नगरपालिकाले नगर क्षेत्रमा विदेशबाट आएकाहरुलाई प्राथमिकतामा राख्दै टेष्ट शुरु गरेको नगर प्रमुख लवशेर विष्टले जानकारी दिए । वडा नम्बर २, ६, १०, ११ र १२ मा ४ महिलासहित १२ जनाको परक्षिण भएकोमा सबैको नतिजा नेगेटिभ आएको डाक्टर उदय रोकाले जानकारी लिए । 

घरघरमै आरडीटी टेष्टका लागि खटिएका टोलीमा स्वास्थ्य संयोजक बलामीसहित डाक्टर उदय रोका, डाक्टर सुबोध चापागाई, ल्याब टेक्निसियन रमेश खड्का, अनुपा तिमल्सिना र स्टाफ नर्स रमिता भुजेल रहभागी छन् ।

थाहा नगरपालिकामा ४० जनाको परीक्षण गर्नेगरी ¥यापिड डाइग्नोस्टिक टेस्ट किट स्वास्थ्य कार्यालय मकवानपुरले पठाएको छ । थाहा नगरपालिकामा ७० जना विदेशबाट आएका व्यक्तिहरु रहेका छन् । जसमध्ये सबै १४ दिन नाघिसकेका छन् । १४ देखि २१ को २ जना, १८ देखि २८ को २२ र बाँकी २८ दिन नाघिसकेका मात्र रहेका छन् ।
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०