nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 19th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरको गोरखनाथ परिसरमा १ हजार वृक्षारोपन प्रतिवद्धता

bbbbbbbbbbb-1565462131.jpg

मकवानपुर, थाहा नगरपालिका ३ डाँडागाउँमा रहेको गोरखनाथ मन्दिर परिसरमा गोरखनाथ कल्याण केन्द्र नेपाल पालुङ शाखा तथा ओइस्का इन्टरनेशनल नेपाल च्याप्टरको सयुक्त आयोजनमा वृक्षारोपन गरिएको छ । विश्व भु–संरक्षण दिवसको अवसरमा बृहत् वृक्षारोपण कार्यक्रम गरिएको हो । सो अवसरमा  गोरखनाथ मन्दिरमा विशेष सामुहिक पुजा लाखबत्ती प्रज्वलन एवम प्रवचन कार्यक्रम गरिएको कायृक्रम संयोजक इन्द्रजंग खड्गाले जानकारी दिए । 

दिप प्रज्वलन सहित बिरुवा रोपेर थाहा नगरपालिकाका मेयर लबशेर बिष्टले कार्यक्रमको उद्घाटन गरेका हुन् ।  कार्यक्रममा गोरखनाथ कल्याण केन्द्र नेपाल धार्के शाखाका नवराज अर्यालले गोरखनाथ कल्याण केन्द्र नेपाल अन्तर्गत रहेको शक्ति पिठहरु सौर्यमन्डलिय शक्ति केन्द्र पिठ काठमान्डौ, वायुमन्डलिय शक्ति केन्द्र पिठ पालुङ र धर्तीमन्डलिय शक्ति केन्द्र पिठ धार्के रहेको उल्लेख गर्दै महत्वको चर्चा गरेका थिए । ओइस्का इन्टरनेशनल नेपाल च्याप्टरका प्रमुख जुजुकाजी तन्डुकारले राष्ट्रिय वृक्षारोपण वर्ष २०७६ को अबसरमा गोरखनाथ मन्दिर परिसरमा तेजपत्ता रुद्राक्ष धुपी लागायत विभिन्न ८ थरिको  १ हजार बिरुवा रोपिने प्रतिवद्धता जनाए । 

थाहा नगरपालिकाका प्रमुख लबशेर बिष्टले अबको यात्रा समृद्धिको यात्रा रहेकोले वृक्षरोपण वर्ष २०७६ को अबसरमा  वृक्षारोपण कार्यक्रमका लागि सहयोग गर्ने ओइश्का इन्टरनेशनल नेपाल च्याप्टरलाई धन्यबाद दिए । कार्यक्रममा गोरखनाथ कल्याण केन्द्र नेपालका अध्यक्ष  विश्वबम मल्ल, गोरखनाथ कल्याण केन्द्र नेपालका संरक्षक अनन्त खनाल, गोरखनाथ कल्याण केन्द्र धार्केका अध्यक्ष अर्जुन रेग्मी, गोरखनाथ कल्याण केन्द्र नेपालका पण्डित राजकुमार खनाल,, सामाजिक विकास मन्त्रालयका सिपि दुलाल, सामाजिक विकास मन्त्रालयका अधिकृत अशोक काफ्ले, ओइश्का इन्टरनेशनल नेपाल च्याप्टरका कोषाध्यक्ष मङगलध्वज कृष्ण, सदस्यहरु डाक्टर माधब सुन्दर मल्ल, रामकृष्ण बराल, गौरी श्रेष्ठ, गोरखनाथ कल्याणकेन्द्र निर्माण समिति पालुङका इन्द्रजंग खड्का, सुरेन्द्र प्रधान  थाहा नगरपालिकाका उपप्रमुख खड्ग गोपाली, जनप्रतिनिधिहरु, पालुङ इलाका प्रहरी कार्यालय प्रमुख लोक बहादुर गुरुङ, थाहा नगरपालिकाका राजनैतिक सल्लाहकार बिष्णु विष्ट आदर्श, लगायतकाको आतिथ्यता रहेको थियो । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)