Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरको कुईभिरमा आगो लाग्यो बस्तीलाई जोखिम

Kuevir-1586496114.jpg

मकवानपुर थाहा नगरपालिका वडा नम्बर २ स्थित कुईभिर वनमा आगलागी भएको छ । २७ चैत बेलुकीदेखि सुरु भएको आगो बिहानबाट झन फैलिएको देखिएको स्थानीयले बताएका छन् ।

आगलागी भइरहेको वनको बीचमा रहेको मानव वस्ती आगलगीका कारण जोखिममा परेको छ । यद्यपि अहिलेसम्म वस्तीमा कुनै असर परिसकेको छैन ।  आगोलागि भएको ठाउँसंगै ७ नम्बर वडा पछृ । आगो फैलन नदिनको लागि सर्तकता अपनाइने थाहा–७ का वडाअध्यक्ष सनमसिं मोक्तानले बताए ।

‘दिउँसो हावाहुरी लाग्न थालेपछि खतरा हुन सक्छ । तर, वस्तीमा र कामदारहरु रहेकोतर्फ आउन नदिनका लागि सर्तकता अपनाउन आवश्यक सबै पहल गर्छु’ वडाअध्यक्ष मोक्तानले भने ।