Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरको ऋषेश्वरमा गुम्बा निर्माणमा भक्तजनको श्रमदान

मकवानपुर थाहा नगरपालिकाको ऋषेश्वर महादेव परिसरमा निर्माणाधिन गुम्बाको लागि भक्तजनहरुले श्रमदान गरेका छन् । ३ मंसिरमा परेको ठूलो एकादशीको अवसरमा सडकबाट करिब १ किलोमीटर भित्र रहेको मन्दिर परिसरमा सडकदेखि नै भक्तजनहरुले इट्टा बोकेर श्रमदान गरेका हुन् । वि.सं. २०७२ सालको विनासकारी भूकम्पबाट क्षति भएको गुम्बाको पुनः निर्माणका लागि त्यस क्षेत्रमा निर्माण सामाग्री पु¥याउन असहज भएको थियो । 

दामन बजार व्यवस्थापन समितिको अध्यक्ष तसी शेर्पाको अध्यक्षता तथा एभरेष्ट क्लबका अध्यक्ष शिवकुमार खत्रीको प्रमुख आतिथ्यमा बसेको वृहत्त छलफलले गरेको निर्णय अनुसार भक्तजनहरुले स्वतस्फूर्त रुपमा श्रमदान गरेको बजार व्यवस्थापन समितिका सुरथ अधिकारीले जानकारी दिए ।  

यसैबीच क्लब र समितिको संयुक्त पहलमा मेला व्यवस्थापन गरिएको समितिका अध्यक्ष तसी शेर्पाले जानकारी दिए । 


 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०