nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरको आग्रा संयुक्त वडा कार्यालय उद्घाटन

पुर्नसंरचना पश्चात् मकवानपुरको थाहा नगरपालिकामा गाभिएका तीन वटै गाविसमा संयुक्त वडा सेवा केन्द्र विस्तार गरिएको छ । जिल्लाको चित्लाङ र टिष्टुङमा स्थापना गरिएको भोलिपल्ट ४ चैत्रमा आग्रा संयुक्त वडा सेवा केन्द्रको थाहा नगरपालिकाका कार्यकारी अधिकृत भिम बहादुर परियारले उद्घाटन गरेका हुन् ।

थाहा नगरपालिकाको आग्रा संयुक्त वडा कार्यालय अन्तर्गत वडा नम्बर ७ र ८ रहेका छन् भने चित्लाङमा ९ र १० तथा टिष्टुङमा ११ र १२ नम्बर वडा रहेका छन् । चित्लाङमा गुण बहादुर केसी, टिष्टुङमा पुर्ण गोले र आग्रामा चन्द्र बहादुर थिङलाई संयुक्त वडा सचिव तोकिएको छ ।

कार्यक्रमा नगरस्थित राजनीतिक दलका प्रतिनीधिहरु, स्थानीय संघसंस्थाका पदाअधिकारीहरु, स्थानीय समाजसेवी तथा वडाबासीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।