Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरको अर्थतन्त्र: लघुउद्यम

LL-CV-1503650909.jpg

थाहा नगरपालिकाको अर्थतन्त्र बलियो बनाउनको लागि उद्यमशिलताको विकास गर्नुपर्ने उद्योग मन्त्रालय अन्तर्गतको लघु उद्यम विकास कार्यक्रमका प्रमुख प्राविधिक सल्लाहकार डाक्टर लक्ष्मण पुनले बताएका छन् । यसका लागि थाहा नगरपालिकामा उद्यम विकास शाखा स्थापना गरेर अघि बढ्नुपर्ने उल्लेख गरे । स्थानीय तहमा गरिबी निवारण तथा रोजगार सृजनाको लागि लघु उद्यम विकास मोडल सम्बन्धी कार्यक्रममा डाक्टर पुनले यस्तो बताएका हुन् । 

थाहानगरको विकास घरमा भएको उक्त कार्यक्रममा डाक्टर पुनले नगरपालिकाको प्रत्येक वडाको स्रोत सर्भेक्षण गर्नुपर्ने औल्याए । ‘नगरपालिकाको कुन वडामा कुन किसिमको उद्यम गर्न सकिन्छ भन्ने थाहा पाएपछि मात्र थाहामा उद्यमशिलताको विकास गर्न सकिन्छ’–उनले भने । ‘उद्यमशील स्रोत सर्भेक्षणको लागि तपाइहरु त्यार रहनुस् हामी प्राविधिक सहयोग गर्छौ’ डाक्टर पुनको भनाइ थियो । थाहानगरमा उद्यमशीलताको थुप्रै स्रोतहरु भएकोले काम गर्न सकिने उनले बताए ।  स्थानीय तहको योजना तर्जुमाका विभिन्न सात चरणमा योजना तर्जुमा गर्दा द्यमशीलतालाई कसरी समावेश गर्न सकिन्छ भन्ने कुरालाई आफुहरु मन्त्रालयले सहयोग गर्ने उनले प्रतिवद्धता व्यक्त गरे । 

उद्यमशीलतालाई आवधिक योजना नै बनाएर कार्यान्वयनमा लैजान सके राजधानीबाट नजिक रहेको थाहामा लघु उद्यमको क्षेत्रमा ठूलो फड्को मार्न सकिने लघु उद्यम विकास कार्यक्रमका मेघराज आचार्यले बताए । दैनिक पन्ध्रसय भन्दा बढि युवाहरु वैदेशिक रोजगारमा विदेशिरहेको अवस्थामा लघु उद्यम कार्यक्रमले स्वरोजगारको शुरुवात हुने आचार्यले बताए । कार्यक्रमका सहभागीहरुलाई सहजीकरण गर्दै उनले उनले यस्तो बताएका हुन् । नेपालमा लघु उद्यमबाटै ३ लाख ४२ हजार ५७८ व्यक्ति प्रत्येक्ष रोजगर भइरहेको बताउँदै लघु उद्यमका लागि थाहानगर ठूलो संभावनाको क्षेत्र भएको उल्लेख गरे । 

कार्यक्रममा थाहा नगरपालिकाका नगर प्रमुख लवशेर विष्टले आगामि आर्थिक वर्षबाट नगरपालिकामा उद्यम विकास कोषको स्थापना नै गरेर अघि बढ्ने बताएकाछन् । नगरबासीको आर्थिक स्तर उकास्नको लागि लघु एद्यम प्रभावकारी हुने भएकोले यसका लागि उद्योग मन्त्रालयले सहयोग गरिदिन प्रमुख विष्टले आग्रह गरे । 

कार्यक्रममा लघु उद्यम विकास कार्यक्रम हेटौंडाकी प्रबन्धक सबिता कोइराला, सहयोग विशेषज्ञ दिपक सुवेदी, जिल्ला लघु उद्यमी संघका सचिव रुबेन रानामगर, उद्यम विकास सहजकर्ता विकास श्रेष्ठको उपस्थिती रहेको थियो । थाहा नगरपालिकाका उपमेयर खड्ग बहादुर गोपाली, कार्यकारी अधिकृत जीवन प्रसाद आचार्य वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु लगायतको सहभागिता रहेको कार्यक्रममा सहभागीहरुले लघु उद्यम सम्बन्धी छलफल गरेका थिए ।