nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 4th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरका ४५ किसानलाई मिल्क क्यान बितरण

मकवानपुर थाहा नगरपालिकाको बज्रबाराहीमा मिल्क क्यान बितरण गरिएको छ । १६ साउनमा का  ४५ जना दुग्ध  कृषकलाई उन्मन्तेश्वर डेरीले  मिल्क क्यान वितरण गरेको हो ।

थाहा नगरपालिकाका प्रमुख लवशेर बिष्टको प्रमुख आतिथ्यतामा क्यान वितरण गरिएको  हो । कार्यक्रममा ६ नम्बर वडा अध्यक्ष शशीधर सुवेदी, वडा सचिव सुनिल लामिछाने तथा संघसंस्थाका पदाअधिकारीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा प्रमुख बिष्टले कृषकहरुले  निर्बाहमुखी कृषि  भन्दा पनि व्यावसायिक  कृषिमा जोड दिनुपर्ने बिचार ब्यक्त गरे । डेरिले हाल  दैनिक  २०० लिटर दूध संकलन  गर्दै  आएको प्रमोद जोशीले बताए ।