Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरका १ सय ६० कुकुरलाई रेबिज विरुद्धको खोप लगाइयो

REBIJ-1591021707.jpg

मकवानपुर थाहा नगरपालिकाको पशु सेवा शाखाले नगरका १ सय ६० कुकुरहरुलाई रेबिज विरुद्धको खोप लगाइएको छ । 

शाखा प्रमुख राघबेन्द्र मिश्र नेतृत्वको पशु स्वास्थ्य प्राविधकहरु रुपेशकुमार मिश्र, विकश कार्की लगायतको टोलीले १८ र १९ जेठमा नगरको गोलमोड, सिमभन्ज्याङ, दामन, नयाँगाउँ, शिखरकोट, थानाबजनार, ओखरबजार, खानीगाउँ, कुन्छाल, बज्रवाराही, टौखेल, अम्बुटोल, कलाँटु, नारायणहिटी, पौवा, घर्तिखोला, फाँट, महादेवस्थान, डाँडाबासलगायत नगरका विभिन्न स्थानमा पुगेर कुकुर तथा बिरालाहरुलाई रेबिज विरुद्धको खोप लगाएको हो । 

थाहा नगरपालिका पशु सेवा शाखाको आर्थिक वर्ष २०७६।७७ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार रेविज विरुद्ध खोप लगाइएको शाखा प्रमुख मिश्रले बताए । खोप अभियानका क्रममा पोथी कुकुरको अस्थायी बन्ध्याकरणको सुई समेत लगाइएको थियो । 
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०