nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 4th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरका साहित्यकार बिर्खे सर्लाहीमा सम्मानित

ओम कार्की स्मृति साहित्य प्रतिष्ठानले हालै सर्लाहीको राजघाटमा राष्ट्रिय काव्य गोष्ठी सम्पन्न गरेको छ ।

मुलुकभरका प्रतिनिधि स्रष्टाको भेला भएको सो कार्यक्रममा स्थानीय बुद्धिजीवी, समाजसेवी, राजनीतिकर्मी तथा सर्वसाधारणहरूको उपस्थिती थियो । २०५६ साल बैसाख १९ गते तत्कालीन बिद्रोही दल माओवादीको एम्वुसमा परि साहादत प्राप्त गरेका प्रहरी जवान ओम कार्कीको २० औं स्मृति दिवसको सन्दर्भमा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।

प्रतिष्ठान अध्यक्ष अम्बिका कार्कीको सभापतित्व तथा प्रा।डा भीम खतिवडाको प्रमुख आतिथ्यतामा आयोजित राष्ट्रिय काव्य गोष्ठीलाई बागमती नगरपालिका वडा नं ६ का वडाध्यक्ष तथा संस्थाका सल्लाहकार गोविन्द राईको समेत उपस्थिति थियो । साहित्यकार ओम कार्कीको ब्यक्तित्व तथा कृतित्व माथि झलनाथ खनाल स्वास्थ्य बिज्ञान प्रतिष्ठानका नवराज भण्डारी, पुर्व गाविस अध्यक्ष बिष्णु पुलामीले चर्चा गरेका थिए ।

कार्यक्रममा स्रष्टाहरू मकवानपुरका कवि तथा समालोचक बिर्खे अञ्जान, काठमाडौंका कवि कलानिधि दाहाल , चितवनका महाकाब्यकार केशवराज आमोदी, गजलकार पुष्प अधिकारी अञ्जली, सर्लाहीका मुक्तककार हरिकृष्ण काफ्ले र सुनसरी धरानका समालोचक प्राडा भीम खतिवडालाई ओम कार्की साहित्य प्रतिभा सम्मान द्वारा सम्मानित गरिएको थियोे ।

कार्यक्रममा बिशेष वाचनका लागि आमन्त्रण गरिएका स्याङ्जाका मिलन समीर, सुर्खेतकी शिवा कार्की मोर·की सन्ध्या सापकोटा दाङका वसन्त वली वसन्ती र बर्दियाका पृथक हिमालले क्रमशः गजल, मुक्तक कविता वाचन गरेका थिए। कार्यक्रममा स्थानीय साहित्यकारहरू दिनेश पोख्रेल, जीवन आचार्य, भाष्कर काजी, सुन्दर कार्की , विना लुङ्गेली, मिना देवकोटा र राजेश्वरी काफ्लेले सिर्जना सुनाएका थिए । सहिद ओम कार्कीले राष्ट्रका लागि जुन बलिदानी नेपाली माटोलाई दिएको र त्यही माटोलाई मुटुमा राखेर कलमकर्मीहरूको उत्साहका लागि प्रतिष्ठानको स्थापना भएको आयोजकको भनाई थियो ।

साहित्यिक गतिविधिले सकारात्मक सन्देशसंगै उत्साह र उत्प्रेरण प्रदान गर्ने प्राडा भीम खतिवडाले कार्यक्रममा बताए । गजलकार कमल अर्याल धादिङ्गेले सञ्चालन गरेको कार्यक्रममा प्रतिष्ठान अध्यक्ष अम्बिका कार्कीले सामाजिक रुपमान्तरणको लागि साहित्यिक यात्रालाई संधै निरन्तरता दिने बताइन् । सहीदमो योगदानलाई सम्मान गर्न शोकलाई शक्तिमा बदलेर आगामी दिनमा साहित्यसंगै सामाजिक, साँस्कृतिक रूपान्तरणमा पनि प्रतिष्ठानले काम गर्ने कार्कीले बताइन् ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)