Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरका साहित्यकार अञ्जान भारतमा सम्मानित

मकवानपुरका साहित्यकार बिर्खे अञ्जान भारतमा सम्मानित भएका छन् ।  भारतमा आयोजना गरेको मेरठ साहित्य महोत्सवको अबसर पारेर साहित्य क्षेत्रमा बिशेष योगदान पुर्याएका भन्दै कदर—पत्र द्धारा अन्जाललाई सम्मान गरेको हो । मकवानपुर जिल्लाको एक मात्रै प्रतिनिधिका रूपमा सहभागी अञ्जान बिगत दुई दशक देखि कथा,कविता ,समालोचना बिधामा कलम चलाउँदै ,संस्थागत साहित्यको बिकासमा अतुलनीय योगदान पु¥याउदै आएका छन् ।

यहीँ मंसिर २४ ,२५ ,र २६  सम्पन्न भएको कार्यक्रममा नेपाल ,भूटान,भारत, बङ्लादेश,रूस ,नर्वेका प्रतिनिधि साहित्यकारहरूको उपस्थित रहेको थियो । भाषा,साहित्य ,कला र संस्कृतिलाई संरक्षण गरि अन्तर्राष्ट्रिय स्तरमा स्रष्टाहरूको परिचय गराउँदै तिनीहरूको ब्यक्तित्व र कृतित्व माथि चर्चा गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने मध्येबाट सनत रेग्मी ,वसन्त चौधरी ,केशवराज आमोदी, कलानीधि दहाल, पोष्टराज चापागाईं लगायतको विशिष्ट अतिथिको रूपमा मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा दर्जनौँ साहित्कारहरुले आआफ्नो सिर्जना बाचन गरेका थिए । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०