nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरका साहिँला थिङले श्रीमतीलाई हिर्काएर हत्या गरे

मकवानपुरको थाहा नगरपालिका ५ नलिवनका ५२ वर्षीय साहिँला थिङले आफ्नी श्रीमतीलाई कुटेर हत्या गरेका छन् । उनले घरको ढोका नखोलेको निहुँमा कुटेर ४३ वर्षीया साहिँलीमाया थिङको शनिबार राति हत्या गरेका हुन् ।

हत्याको अभियोगबाट बच्न उनले मृतक पत्नीको मुखमा विषादीसमेत हालेका थिए । छिमेकको पास्नीमा मादक पदार्थ सेवन गरी राति अबेर आएका साहिँलाले पत्नीले ढोका नखोलेको भन्दै सुतिरहेको अवस्थामा घाँटीमा मुड्कीले हिर्काएर हत्या गरेको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक ध्रुव सिलवालले बताए ।

पत्नीले राति घरको ढोका नखोलेपछि साहिँला ढोका फोरेर घरभित्र पसेका थिए । पत्नीको मृत्यु भएपछि आफू बच्न तरकारीको बोटमा हाल्न ल्याएको विषादी मुखमा खन्याएको सिलवालले जनाए । त्यसलगत्तै उनले विष सेवनका कारण पत्नीको मृत्यु भएको भन्दै छिमेकीलाई खबर गरेका थिए । उनको कुरा पत्यार नलागेपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले साहिँलालाई एकान्तमा राखेर घटनाबारे सोधखोज गर्दा कुटेर मारेको स्वीकारेका हुन् । प्रहरी हिरासत हेटौंडामा रहेका थिङले रक्सीको मातमा सुरुमा हिर्काए पनि मार्ने नियत नरहेको बताएका छन् ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)