nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 2nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरका शिक्षकलाई ‘स्वर्णिम स्वेच्छिक अवकाश’

Thaha_Munaaaaaaaa-1567562133.jpg

सामुदायिक विद्यालयको शिक्षालाई गुणस्तरयुक्त र समय सापेक्ष रूपमा अगाडि बढाउने उद्देश्यले मकवानपुरको थाहा नगरपालिकाले अपडेट हुन नसक्ने पुराना शिक्षकलाई अवकाश दिनका लागि योजना सार्वजनिक गरेको छ । 

थाहा नगरपालिकाले २५ वर्ष स्थायी सेवागरिसकेको शिक्षकका लागि उक्त योजना सार्वजनिक गरेको हो । यसका लागि १८ भाद्रसम्म नगरपालिकामा निवेदन दिन भनिएको छ । ‘थाहा नगरपालिकास्थित नगर शिक्षा समितिले पेन्सन पाकेका, अपडेट हुन नसक्ने, अंग्रेजी माध्यममा प्रावि तहका विद्यार्थीलाई पढाउन नसक्ने र प्रविधिमैत्री नभएका शिक्षकहरूलाई अवकाश दिने उद्देश्यले योजना ल्याएको हो,’ नगरपालिकाका मेयर लवशेर विष्टले भने, ‘लामो अवधिसम्म शिक्षण पेसा गरेर समाजलाई योगदान पुर्‍याउँदै आएका शिक्षकलाई राजीनामा दिनोस् भनेर दबाब दिनुभन्दा सम्मानका साथ अवकाश दिने उद्देश्यले ‘स्वर्णिम स्वेच्छिक अवकाश’ योजना ल्याएको हो ।’

उक्त योजनामा समावेश हुने शिक्षकलाई नगरपालिकाले १ लाख रुपैयाँसहित सम्मानपत्र प्रदान गरेर अवकाश दिने योजना रहेको थाहा नपाका शिक्षा एकाईका शोभाकर रेग्मीले बताए । यस योजनाको लागि एक महिना अघि सूचना प्रकाशित गरिएको हो ।  अवकाश लिन तोकिएको समयभित्र निवेदन दिएका शिक्षकलाई भदौ २२ मा शिक्षा दिवसको दिन एक लाख रुपैयाँसहित सम्मानपत्र प्रदान गरेर अवकाश दिने योजना नगरपालिकाको रहेको छ । उक्त योजनाको न्यूनतम सर्त २५ वर्ष शिक्षण पेसामा स्थायी सेवा गरेको हुनुपर्ने छ ।

थाहा नगरपालिकाभित्रको सामुदायिक स्कुलमा २५ वर्ष स्थायी सेवा गरिसकेका ४४ जना शिक्षक छन् । तीममध्ये माविका २, निमाविका ३ र ३९ जना प्राविका शिक्षक छन् । थाहा नगरपालिकाले नगरभित्रका सबै सामुदायिक विद्यालयमा तल्लो तहदेखि अंग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन गर्ने र विद्यालयप्रविधिमैत्री बनाउने योजना छ ।

नगरपालिकाको यस्तो योजना सफल बनाउन र नगरको शैक्षिक गुणस्तर वृद्धि गर्न ‘स्वर्णिम स्वेच्छिक अवकाश’ योजना ल्याएको नगरपालिकालेले जनाएको छ ।