nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 6th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरका वडा अध्यक्ष बलले टुहुरासंग जन्मदिन मनाए

Kiran-1-1566955829.jpg

मकवानपुर थाहा नगरपालिकाा वडा नम्बर ११ का वडा अध्यक्ष किरणमान बलले आफ्नो जन्मदिन वडाका टुहुरा बालबालिकासंग मनाएका छन् । 

अध्यक्ष बलको १० भाद्रमा परेको जन्म दिनको अवसरमा वडाका २५ टुहुरा बालबालिकाको लागि विद्यालय पोशाक वितरण गरेर बनाएका हुन् ।  जन्मदिनको अवसरमा बालबालिकाहरुलाई वडा कार्यालयमै बोलाएर एक समोराहेकाबीच विद्यालय पोशाक वितरण गरेका हुन् । जन्मदिनको अवसरमा अन्य फजुल खर्च गर्नुभन्दा बालबालिकाको लागि सहयोग गरेको अध्यक्ष बलले प्रतिक्रिया दिए । बालबालिकालाई विद्यालय पोशाक वितरण गर्नु पहिले वडाका टुहुरा बालबालिकाको तथ्याङ्क लिइएको थियो । 

जन्मदिनको अवसरमा टुहुरा बालबालिकालाई विद्यालय पोशाक वितरण गर्दै वडा अध्यक्ष किरणमान बल ।

सामाजिक क्षेत्रमा क्रियाशील अध्यक्ष बलको जन्मदिनको अवसरमा वडा कार्यालयमा बागेश्वरी माविका प्रधानाध्यापक वीरमान स्याङ्तान तथा स्थानीय संघसंस्थाका पदाअधिकारीहरु तथा बालबालिकाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।  अध्यक्ष बलले आफ्नो जन्म दिनको अवसरमा वर्षेनी सामाजिक कार्य गर्दै आएका छन् । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)