Thursday, 30th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरका बुढापाकालाई घरघरैमा डाक्टर

Thaha-Dr2-1585711034.jpg

थाहा नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको क्रियाकलापमा संलग्न स्वास्थ्यकर्मीहरुको कार्यको उच्च मुल्याङ्कन गरेको जनाएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समन्वय समिति सचिवालयको बैठकले स्वास्थ्यकर्मीहरुलाई विशेष धन्यजाद दिएको छ । 

स्वास्थ्य शाखाको समन्वयमा अहिले घरघरमा डाक्टर अभियान संचलन गरिरहेको छ । सामान्य अवस्थाका विरामीहरुलाई घरेमा पुगेर थाहा नगरपालिकाका स्वास्थ्यकर्मीहरुले स्वास्थ्य परीक्षण भइरहेको नगर प्रमुख लवशेर विष्टले जानकारी दिए । महामारी तथा विपदको यस अवस्थामा स्वासथ्यकर्मी तथा कर्मचारीले गरेको योगदानको उच्च मुल्याङ्कन हुने प्रमुख विष्टले बताए ।