Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरका बलामीलाई थाहानगर र इन्द्रसरोवरको समन्वय गर्ने जिम्मेवारी 

thaha-1503546870.jpg

मकवानपुरका स्थानीय तहहरुमा समन्वयका गर्नका लागि जिल्ला समन्वय समितिका पदाधिकारीहरुलाई जिम्मेवारी तोकिएको छ । जिल्ला समन्वय समिति मकवानपुरको हेटौंडामा सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो । 

जिल्ला समन्वय समिति सदस्य चित्र बहादुर बलामीलाई थाहा नगरपालिका र ईन्द्रसरोवर गाउँपालिकाको जिम्मेवारी तोकिएको छ । मकवानपुरगढी गाउँपालिकाको लागि जिल्ला समन्वय समितिकी सदस्य सीता अधिकारीलाई जिम्मेवारी तोकिएको छ । देवराज रिमाललाई बकैया र राक्सिराङ गाउँपालिकाको जिम्मेबारी तोकिएको छ ।

सरिता बिकलाई बाग्मती गाउँपालिका, सानोकान्छी स्याङ्तानलाई मनहरी गाउँपालिका, बुद्धि बहादुर स्याङ्तानलाई भीमफेदी र कैलाश गाउँपालिकाको जिम्मेवारी तोकिएको छ । जिल्ला समन्वय समिति मकवानपुरका सभापति रघुनाथ खुलालको अध्यक्षतामा  बसेको बैठकले मकवानपुर देशकै मध्य भागमा रहेको र यातायातको दृष्टिले सहज रहेकोले प्रदेशको राजधानी बनाउन अनुरोध गर्ने निर्णय गरेको छ । 

बैठकले साउन महिनामा भएको अविरल वर्षाका कारण मकवानपुरको धेरै ठाउँका खेतीयोग्य जमिन र बस्तिहरु कटान गरेको, पहिरोको चपेटा र डुवानमा परेकोले जिल्लालाई पनि बाढीग्रस्त जिल्ला घोषणा गर्न नेपाल सरकारसँग माग गर्ने निर्णय गरेको छ । जिल्लामा बाढी पहिरोको विपत्तिमा परेकाको खोजी तथा उद्दार कार्यलाई विशेष प्राथमिकताका साथ समन्वय र सहकार्य गर्ने निर्याय गरेको छ । बाढी, पहिरो तथा डुवानमा परेकाहरुको स्थलगत अवलोकन र सहकार्य गर्ने निर्णय भएको छ ।