nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरका पुर्ननिर्माण भएका विद्यालयको अनुगमन

राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) मकवानपुरले निर्माण गरेका बिद्यालय भवन निर्माणको अनुगमन गरेको छ । 

इकाइ मार्फत मकवानपुरको थाहा नगरपालिका क्षेत्रमा निर्माण भएका विद्यालयहरुको अनुगमन गरिएको हो । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, इकाई (शिक्षा) प्रमुख बद्रीबहादुर पाठक, समन्वय समितिका अधिकृत रामकृष्ण थापा र इकाइका प्राबिधिकहरु सहितको टोलीले बनेका बिद्यालयको निरीक्षण गरेको हो ।

अनुगमनका क्रममा थाहा नगरपालिका वडा नम्बर ९ को जनक प्राबि कुश्लेचौरमा निर्माण भएको २ कोठे भवन निर्माणको निरिक्षण गरिएको छ । यस भवन भने तोकिएको समय अवधि भन्दा पहिलेनै सकिएको पाठकले जानकारी दिए । । यसैगरी थाहा नगरपालिका वडा नम्बर ९ कै स्वछन्द भैरव माबिको ४ कोठे बिद्यालय भवनको अनुगमन गरिएको हो ।

मकवानपुरमा जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) मार्फत २ सय ५२ वटा बिद्यालयका कोठा निर्माण भईरहेका छन् । विद्यालय व्यावस्थापन समिति मार्फत चार बर्षको अवधिमा २ सय ५२ वटा बिद्यालयका ८ सय २५ वटा कोठा निर्माण गरिदै गरिएको छ । आर्थिक वर्ष २०७३।०७४ देखि चालु आर्थिक बर्ष सम्मको चार वर्षको अवधिमा दुईकोठे भवन एक सय ८ वटा, ३ कोठे भवन ४७ वटा, चारकोठे भवन ७९ वटा, ६ कोठे भवन १२ वटा र ८ कोठे भवन ६ वटा निर्माणको काम भईरहेको जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) का प्रमुख बद्रीबहादुर पाठकले बताए । 

जिल्लामा कुल ८३ करोड ५८ लाख ६८ हजार रुपैयाँ लागतमा भवन निर्माण भईरहेको उनले बताए । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)