Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरका दुई प्राविधिक विद्यालयको परीक्षा केन्द्र मत्स्यनारायण तोकियो

Matsy-1578904246.jpg

मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिकामा प्राविधिक धारमा पढाई दुई ओटा विद्यालयको परिक्षा अब थाहामै हुने भएको छ । थाहा ७ मा अवस्थित श्री सुन्दरी देवि मा.वि र थाहा ३ मा रहेको श्री जनकल्याण मा.वि को अब परिक्षा थाहामा हुने भएको हो । सुन्दरी देवि मा.वि मा प्राविधिक धार तर्फ सिभिल इन्जिनियर पढाई हुन्छ भने जनकल्याण माध्यामिक विद्यालयमा कृषि तर्फ बाली विज्ञानको कक्षा मा पढाइ हुदैआईरहेको छ ।

३ बर्ष देखि एस.इ.इ को परीक्षा आउँदा परिक्षा दिन विद्यार्थीले हेटौंडा धाउने पर्ने थियोे । अब भने थाहा मै प्राबिधिक शिक्षा लिने र एस.ई.इ तयारी गरिरहेका बिद्यार्थीले अब थाहा नगरकै मत्स्यनारायण माध्यामिक विद्यालयमा परिक्षा दिन पाउने भएका छन । आइतबार बागमती प्रदेशको सदरमुकाम हेटौंडा भएको त्रिपक्षीय समझदारी अनुरुप यो निर्णय भएको हो ।

मकवानपुर प्रमुख जिल्ला अधिकारी ,जिल्ला शिक्षा समन्वय इकाई प्रमुख लिलानाथ गौतम,थाहा नगरपालिका प्रमुख लवसेर बिष्ट ,सुन्दरी देबि माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिती अध्यक्ष बिनायक गोलेको विशेष पहलमा यसै शैक्षिकको वर्ष देखि लागू हुने गरेर थाहाको मत्स्यनारायण माध्यमिक विद्यालयमा परिक्षा केन्द्र तोकेको हो। अबका दिनमा आफ्नै घरबाट आफ्नै नजिक को केन्द्रमा परिक्षा दिन पाउने भए पछि विद्यार्थी तथा अभिभावक खुसी देखिने अध्यक्ष गोले को बताए ।