Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरका दुईजना चरेश सहित काठमाण्डौंमा पक्राउ

pakrauaaaa-1574923336.png

मकवानपुर थाहा नगरपालिकाका दुई जना गाँजा र चरेश सहित काठमाण्डौंमा पक्राउ परेका छन् । 

धादिङबाट काठमाण्डौं जाँदै गरेको बा ३ ख ८३८५ नम्बरको यात्रु बहाक बसमा नागढुङ्गा प्रहरीले चेक जाँच गर्ने क्रममा १२ मंसिरमा साविक आग्रा गाविस वडा नंं २ का प्रताभ मुक्तान पक्राउ परेको नागढुङ्गा प्रहरीले जनाएको छ । मुक्तान १५ किलो ३ सयग्राम चरेश सहित पक्राउ परेका हुन । 

त्यस्तै मकवानपुरबाट काठमाण्डौंतर्फ जाँदै गरेको ना १ क ५५८२ नम्बरको टाटा सुमो चेक जाँच गर्ने क्रममा एकजना १२ मंसिरमै पक्राउ परेका छन् । नागढुङ्गा प्रहरीले चेक जाँच गर्ने क्रममा मकवानपुर थाहा नगरपालिका वडा नम्बर ७ का १७ वर्षिय सन्तोष खत्रीलाई पक्राउ गरिएको छ । खत्री २ किलो लागू औषध चरेशसहित पक्राउ परेका हुन् । 

पक्राउ परेका दुवैलाई अनुसन्धानको लागि महानगर स्थित प्रहरी वृत्त थानकोट पठाइएको छ । 
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०