Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरका दुईजना काठमाण्डौमा पक्राउ परे

pakrau-4-1513758585.jpg

मकवानपुरको थाहा नगरपालिकाका दुईजना लागू औषध गाँजा सहित काठमाण्डौंमा पक्राउ परेका छन् । थाहा–१ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका–११ गुर्जुधारा डेरा गरी बस्ने २६ वर्षीय सुर्यबहादुर थिङलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई ३ के।जि।५ सय ग्राम गाँजाको धुलो सहित प्रहरीले पक्राउ गरेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ । शंकास्पद रुपमा बाटोमा हिँडीरहेका थिङलाई मंगलबार जाँच गर्ने क्रममा उनले बोकेको झोलाबाट उक्त गाँजाको धुलो बरामद भएको थियो ।

त्यस्तै काठमाडौँको चन्द्रागिरी नगरपालिका–११ बालकुमारीबाट मकवानपुरको थाहा नगरपालिका पालुङ घर भई हाल काठमाडौं नैकाप बस्ने ३४ वर्षीया शुशिला तामाङलाई प्रहरीले २ के.जि.६ सय ग्राम लागूऔषध चरेश सहित पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०